त्रिभुवन अन्तराष्ट्रिय विमानस्थ्ल फर्कीएपछि म रोए – मैले जे देखें,जे भोगें

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थ्ल फर्कीएपछि म रोए – मैले जे देखें,जे भोगें

 

 

सन्तकुमार चौधरी

यो पटक युएई भ्रमणपछि काठमाण्डौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्दा मन खिन्न भयो । विमानस्थ्ल व्यवस्थापनलाई मनमनै निकै गालि गरें । युएई भ्रमण पछि म नेपाल फर्कीदै थिए । विमानस्थ्लमा देखिएको देख्दा सामान्य लाग्ने तर ठूलो विषयले मेरा आँखाहरु रसाए र सामान्य भाषामा सर्वसाधरणले बुझ्ने गरि लेख्न बसें । युएई भ्रमणको क्रममा त्यहाँ गरिएको विकास देख्दा नेपालमा कयौं सम्भावनालाई मेरो नजरले नियालेर फर्कीदै थिँए ।

santaji
झण्डै एक महिना युएईका प्रमुख शहर देखि बालुवामाथी बनाइएको अनेक संरचनालाई नजिकबाट अध्ययन गरें । त्यस अघि मलेसियाको भ्रमणमा मैले देखेको दृश्य र युएइमा देखिएको दृश्यलाई तुलनात्मक भिन्नता गर्दै नेपाल भित्रको सम्भावना खोज्दै नेपाल फर्कीदै थिए । नेपाल फर्कीनु अघि यो पटक मुम्बई र नयाँ दिल्लीलाई पनि थोरै अध्ययन गर्ने मौका मिल्यो । त्यो अघि उडान ड्रप भएका कारण मैले १२ घण्टा युएईको दुवई अन्तराष्ट्रिय विमानस्थलमा बस्नु प¥यो । त्यहाँ रहदा त्यहाँको व्यवस्थापनलाई नजिक बाट देखें । ठाउँ ठाउँमा फोहोर राख्ने भाडा, सरसफाईमा निरन्तर खटिने जनशक्ति, निकै व्यवस्थ्ति शौचालय, र चौविसै घण्टा हाइस्पीडमा चल्ने निशुल्क इन्टनरनेट सेवा इत्यादी विमानस्थलमा हुनुपर्ने रहेछ ।

विमानस्थ्ल भित्र ठाउँ ठाउँमा राखिएको सूचनाबोर्डका कारण यात्रुहरुलाई गन्तव्यमा पुग्न कठिनाई नहुने रहेछ । दुईव, मुम्बई र नयाँ दिल्लीले शौचालयको प्रयोगमा नयाँ पनको प्रयोग गरेका छन् । हात देखाएकै भरमा धारावाट पानी आउने, हात देखाएकै भरमा चिसो हात सेकाउन तातो राफ सहितको हावा निस्कीने इत्यादी । यी सबै देखेर जब म नेपालको एकमात्रै अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमान स्थ्ल पुगें ।

सबैभन्दाबढी रिस त मलाई विमानस्थ्लको शौचालय देखेर लाग्यो । शौचालयको बाहिर सटर लगाएको रहेछ । झट्ट हेर्दा कुनै व्यवसायीको पसलको सटर जस्तै । म भन्दा अघि दुईजना महिलाले प्रहरी सँग सोध्दै थिए – सर शौचालय कहाँ होला भनेर, प्रहरीले हातको इसारामा त्यता जान भने । म पनि उनीहरुकै पछि लागें । त्यहाँ त सटर लागेको रहेछ । ति महिलाहरु अझै अर्को शौचालय खोज्दै अघि बढें । म त्यहीं बसें । एकछिनमा एकजना जिन्सको पाइन्ट लगाएकी झण्डै उमेरले ३५–४० वर्षकी महिला आइन् । सटर माथी तानेर बाहिर रहेका एकअर्की महिला सँग गफिदैं थिइन् । बाहिर सानो अक्षरमा सार्वजनिक शौचालय लेखिएको थियो । म भित्र पसें । शौचालयका ढोकामा भित्रवाट लगाउने छिस्कीन कुनैमा पनि छैन् । एउटा हातले ढोका धकेल्दै शौचालय बसें । शौचालय गरेपछि हातधुनका लागि राखिएको टुटिको टाउँको छैन पाईप छ । पाईपवाट पानी चाहीँ आउँदोरहेछ । पानी आउने भएर होला सायद टुटिको मर्मत नगरेको सोचें । शौचालय बसेर बाहिर निस्कीए । आडैमा ठूलो ऐना थियो । ऐनामा अनुहार कतिपनि देखिदैन् । पुरै पानीको छिर्का परेर डाम बसेको रहेछ । सायद वर्षौं भयो, ऐन नपुछेको । ऐना तल राखिएको धारा खोले, धाराको टुटी फनफनि घुम्छ पानी आउँदैन् । नजिकै स्याम्फु निकाल्न मिल्ने टुटि छ । जुन टुटि दुवई, मुम्बई र नयाँ दिल्लीले पनि प्रयोग गरेको छ । त्यो टुटीको माथिल्लो पटी थिच्नुपर्ने बटम थिचें, फुस फुस हावा मात्रै निस्कीन्छ । शौचालयमा टिसु पेपर, ट्वाइलेट पेपर राख्नु त कुरै छाडौं ट्वाइलेट पेपर राख्नका लागि बनाइएको स्ट्ीलको तार समेत फुत्कीएर भुइमा झर्नै लागेको छ । बारिह निस्कीए, ति महिला अझै गफिनै व्यस्त छ ।
मलाई लाग्यो हामी आर्थिक हिसावले गरिब भएरै यो गति भएको होइन रहेछ । कमजोर र फितलो व्यवस्थापनका कारण हामी गरिब माथी गरिब भएका रहेछौं । हामीमा नेतृत्व गर्न सक्ने क्षमता नै छैन् । शौचालय मात्रै होइन, विमानस्थल पूर्ण रुपमा असुरक्षित लाग्यो । मलाई त अझै शंका लागिरहेको छ कि विमानस्थलमा प्रयोग गरिएका सिसी क्यामेरा पनि औषधी राख्न प्रयोग गरिएको सिसीकै रुपमा छ कि । कर्मचारी सबै गफिनै व्यस्त कर्मचारी सबै गफिनै व्यस्तछन् । कोही कमाउ धन्दामै व्यस्त । कोही सेटिङमै व्यस्त । अर्थात त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मात्रै कमाउ धन्दाका लागि मात्रै प्रयोग भइरहेको छ । पीएन देखि हाकिम सम्म सबै कमाउन व्यस्तछन् । त्यो पनि अनाधिकृत तरिकाले । होइन भने शौचालय बाहिर राखिएको ऐनाको अवस्था देख्नुपर्ने थियो । स्याम्फुको साटो फुस्स फुस्स हावा मात्रै निस्कीने त्यो अवस्थालाई देख्नुपर्ने थियो । हिजोपनि त्यसै चलेकै थियो । आजपनि चल्छ भन्ने मानसिकताले ग्रसित छन । ति विमानस्थल कुर्ने भुकुवाहरुलाई रत्तीपनि ख्याल छैन रहेछ विमानस्थ्लमा हामी नेपालीहरु बाहेक विदेशीहरु पनि आइरहेका छन् । उनीहरुले विमानस्थलको शौचालय देख्यो भने नेपालीहरुको स्वाभिमान र सभ्यतालाई कसरी लिन्छन् । यो तर्फ किन नसोचेका होलान ।

Leave a Reply

Your email address will not be published.