चौधौं वार्षिकोत्वसको अवसरमा टेलिकमले ल्यायो छुटै-छुटको अफर

चौधौं वार्षिकोत्वसको अवसरमा टेलिकमले ल्यायो छुटै-छुटको अफर

काठमाडौं,माघ २२ – नेपाल टेलिकमले १४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न छुट योजना सार्वजनिक ल्याएको छ । वार्षिकोत्सवको अवसरमा टेलिकमले विभिन्न छुट योजनाको घोषणा गरेको हो । घोषणाअनुसार टेलिकमले एडीएसएल सेवाको गति माघ २५ देखि ५ एमबीपीएसमा स्तरोन्नति गर्ने जनाएको छ । यस्तै क्रस बिल्डिङ अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडीएमएमा डाटा बोनस उपलब्ध गर्नेछ ।

कम्पनीले जीएसएम एसेवातर्फ २३ माघ देखि ८ फागुनसम्मको लागि भ्वाइस प्याकेजमा राती १० देखि बिहान ६ बजेसम्मका लागि ३ दिनका लागि रु ३५, अनलिमिटेड अलटाइम डाटा प्याकेजमा २४ घण्टाका लागि रु ५० र अनलिमिटेड नाइट डाटा प्याकेजका लागि एक रातको रु १५ शुल्क तोकेको छ ।

यस्तै माघ २३ देखि माघ २९ सम्म रु ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशत र रु ५०० र १००० को रिचार्जमा १५ प्रतिशत छुट दिने योजना पनि टेलिकमले सार्वजनिक गरेको छ । यसैगरी पीएसटीएन सेवाग्राहीका लागि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिइने टेलिकमले जनाएको छ भने माघ २५ देखि बैशाख २५ सम्म भारतमा कल गर्न रु २.२२ देखि रु २.३३ पैसा प्रतिमिनेटमा सकिने गरी विभिन्न आकर्षक प्याकेजहरु ल्याइएको छ ।

फोन गर्न ऋण दिने,ब्याज नलाग्ने

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सापटी योजना सुरु गरेको छ । टेलिकमले दिने उक्त ऋणमा कुनै प्रकारको व्याज लाग्ने छैन । ‘नमस्ते क्रेडिट’ नाम दिइएको यस ऋण योजनाले मोवाइलमा कुरा गर्दा गर्दै पैसा सकिएमा ऋण लिन पाइने छ ।

आफ्नो १४ बार्षिक उत्सवको अबसर पारेर कम्पनीले यो योजनाको आजबाट सफ्ट लन्च सुरु गरेको हो । सापटी योजनाका लागि कम्पनीले नमस्ते क्रेडिट सेवा आगामी एक महिना भित्र व्यवसायीक रुपले सञ्चालनमा ल्याउनेछ । सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सापटी योजनाको औपचारिक आरम्भ गरेका हुन् । तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले निर्ब्याजी सापटी योजना कार्यान्वयन गर्न टेलिकमलाई निर्देशन दिएको थियो ।

 

Leave a Reply

Your email address will not be published.