नेपालले पायो १ सय ९५ रनको लक्ष्य

नेपालले पायो १ सय ९५ रनको लक्ष्य

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले क्यानडाबाट १ सय ९५ रनको लक्ष्य पाएको छ। अोपनर श्रीमान्था वाजिरत्नेले शतकीय पारी खेलेपछि निर्धारित ५० अोभरमा क्यानडाले ८ विकेट गुमाएर १ सय ९४ रन बनाएको छ।

 वाजिरत्नेले ४९अौं अोभरको अन्तिम बलमा सोमपाल कामीलार्इ चौका प्रहार गर्दै शतक पूरा गरेका थिए। १ सय ५२ बलकाे सामना गरेका उनले  ७ चौका प्रहार गरे। यस्तै क्यानडाका हम्जा तारिकले २४ तथा  सतिस्मरन्जित धिन्डाले  १८ रन जोडे।

नेपालका लागि बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए। यस्तै, करण केसी र शरद भेषावकरले पनि समान १ विकेट दिलाए।

Leave a Reply

Your email address will not be published.