सन्दीपले दिलाए नेपाललार्इ तेस्रो सफलता

सन्दीपले दिलाए नेपाललार्इ तेस्रो सफलता

अाइसीसी विश्व क्रिकेट लिग डिभिजन दुर्इ अन्तर्गत क्यानडाविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ। सन्दीप लामिछानेले नेपाललार्इ तेस्रो सफलता दिलाएका हुन्। उनले धनुका नन्दुन पाथीरानालार्इ २ रनमै एलबिडब्लुको सिकार बनाएका थिए।

त्यसअघि सन्दीप लामिछानेले नै नेपाललार्इ दोस्रो सफलता दिलाएका थिए। क्यानडाका कप्तान तथा प्रतियोगिताकाे सर्वाधिक दाेस्रो उच्च स्काेरर नितिश कुमारलार्इ विकेट किपर ज्ञानेन्द्र मल्लको हातबाट उनले ५ रनको स्काेरमा खेलिरहेको अवस्थामा क्याच गराएका थिए। नितीश कुमारले जारी प्रतियोगिताकाे पाँच खेलमा दाेस्राे सर्वाधिक १७३ रन जोडेका छन्।

बसन्त रेग्मीले प्रतियोगिताकै उच्च स्कोर बनाएका रुभिन्द गुनसेकरालार्इ ९ रनमा रोहित पौडेलकाे हातबाट क्याच गराएर नेपाललार्इ पहिलो सफलता दिलाएका थिए। गुनकेसराले जारी प्रतियोगिताकाे पाँच खेलमा सर्वाधिक २१६ रन जोडेका थिए।

नेपालले टस जित्दै क्यानडालार्इ ब्याटिङमा उतारेको थियो। नेपालले अर्को महिना जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न अाजको खेलमा जित अावश्यक छ।

नामिबियाले मंगलबार केन्यालाई आठ विकेटले पराजित गरेसँगै नेपाललाई जित्नैपर्ने दबाव थपिएको हो। जितसँगै दोस्रो स्थानमा उक्लिएको नामिबियाले नेपाललाई तेस्रो स्थानमा धकेलेको थियो।

अंकतालिकमा समान चार खेल खेल्दा क्यानडा, नामिबिया र नेपालले तीन खेलमा जित र एक खेलमा हार सहित समान ६ अंक जाेडेपनि रनरेटका अाधारमा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्।

क्यानडालाई आज पराजित गर्न सके नेपाल शीर्ष स्थानमा उकाल्नुका साथै नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्याउनेछ। तर, नेपाल पराजित भयो भने चाही नेपालको विश्वकप छनौट खेल्न सपना तुहिनेछ।

नेपाल र क्यानडाबीच भएका ५० ओभरका पछिल्ला दुई खेलमा एक खेल क्यानडाले र अर्को खेल नेपालले जितेको छ। सन् २०१४ मा विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो भने सन् २०१५ मा नामिबियामा नै भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले क्यानडालाई ७ विकेटले पराजित गरेको थियो।

जारी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले पहिलो खेलमा नामिबियालाई एक विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा यूएईलाई ४ विकेटले तथा केन्यालाई ३ विकेटले पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published.