बासेल विरुद्ध सिटीको ठुलो जित

बासेल विरुद्ध सिटीको ठुलो जित

बासेल (एजेन्सी) – च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गत आजको खेलमा स्विस क्लब बासेलले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी सँग ठुलो अन्तरले पराजय बेह्रेकोछ। च्याम्पियन्स लिगमा पहिलो पटक आमने सामने हुँदा सिटीले घरेलु टोली बिरुद्द ४-० को जित निकालेको हो।

खेलको पहिलो मिनेटबाट नै हावी देखिएको सिटीले १४औ मिनेटमा गुन्डोगानको गोल मार्फात आग्रता लिए भने  १८ औं मिनेटमा बर्नार्दो सिल्भा र २३ औं मिनेटमा अगुएरोले गोल गरेपछि पहिलो हाफ ३-० ले सकिएको थियो । खेलमा दोस्रो पटक गोल गर्दै गुन्डोगानले सिटीका लागि गोल संख्या ४ पुर्याएका थिए ।

यि दुई टोली बिचको दोस्रो लेग ईतिहाद रंगशालामा मार्चको ८ तारिखमा संचालन हुनेछ ।

प्रतिकृया दिनुहोस

प्रतिकृया

Leave a Reply

Your email address will not be published.