भारतले बिकास गर्‍यो कुष्ठरोग बिरुद्धको खोप

भारतले बिकास गर्‍यो कुष्ठरोग बिरुद्धको खोप

कुष्ठरोगबाट बच्नका लागि भारतले ठूलो सफलता हासिल गरेको दावी गरेको छ । विश्वमै पहिलो पटक भारतले कुष्ठरोगबिरुद्धको खोपको आविस्कार गरेको ‘टाइम्स अफ इण्डिया’ले उल्लेख गरेको छ ।

यो खोपलाई आगामी केहि साताभित्रै बिहार र गुजरातका पाँच जिल्लामा उपलब्ध गराइनेछ । अखवारका अनुसार भारतमा बर्षेनी सवा सयलाख मानिसमा कुष्ठरोग देखिन्छ । तर खोपको सहायताले धेरै हदसम्म रोग नियन्त्रण गर्न सकिने दावी गरिएको छ ।

यो खोप, भारतको नेशनल इन्ष्िटच्युड अफ इम्यूनोलोजीका संस्थापक तथा निर्देशक जिपी तलवारले बिकास गरेका हुन् । कन्ट्रोलर जनरल अफ इण्डिया र अमेरिकाको एफडिएले पनि यलाई मान्यता दिइसकेका छन् ।

कुष्ठरोग सर्ने भएकाले संक्रमित बिरामीको समिपमा रहनेलाई पनि सर्ने संभावना ज्यादा हुन्छ । यो खोप त्यस्ता ब्यक्तिहरुका लागि पनि प्रभावकारी बन्ने बताइएको छ ।

परिक्षणका क्रममा कुष्ठरोगीको सम्पर्कमा रहनेलाई पनि खोप लगाइएको थियो । त्यसो गर्दा ३ बर्षको अन्तरालमा संक्रमितको सङख्या ६० प्रतिशतले कमी आएको थियो ।

सुरुवाती परिक्षणमा यस खोपको नतिजा सन्तोषजनक आएमा भारतभरका कुष्ठरोग प्रभावित क्षेत्रमा खोप पठाइने बताइएको छ ।

नेपालमा कुष्ठरोग उन्मुलन भएको भनिएपनि फाट्ट फुट्ट संक्रमित देखिने गरेका छन् । भारतमा सफल परिक्षण भएका नेपालका लागि पनि यो खोप प्रभावकारी हुनेछ ।

Leave a Reply

Your email address will not be published.