यसरी बोकेर ल्याइएको थियो नेपालमा पहिलो गाडी, हेर्नुस् ऐतिहासिक र दुर्लभ तस्बिरहरू

यसरी बोकेर ल्याइएको थियो नेपालमा पहिलो गाडी, हेर्नुस् ऐतिहासिक र दुर्लभ तस्बिरहरू

काठमाडौं, मंसिर ११
के तपाईंलाई थाहा छ ? नेपालमा पहिलोपटक सवारी (गाडी) कसरी भित्र्याइएको थियो ? यो विषयचाहिँ अलि रोचक र सुन्दा पनि अचम्म लाग्नेखालको छ ।

इतिहासअनुसार गेहेन्द्र शम्शेरले काँधमा बोकाएर पहिलो गाडी काठमाडौं भित्र्याएका थिए । पछि राणा यसको शौखिन भए । गेहेन्द्र शम्शेरले फोर्ड कम्पनीको गाडी झिकाएका थिए ।

नेपाल भित्र्याएको त्यो पहिलो गाडीमा बत्ती थिएन । त्यसो त गेहेन्द्र शम्शेर स्वयं वैज्ञानिक थिए । ल्याएको गाडीमा बत्ती नभए पनि उनले यता ल्याएर अगाडिपट्टिको भागमा चाँदीको डन्डा हाले । र, ग्याँबाट बत्ती बल्ने व्यवस्था मिलाएका थिए ।

इतिहासअनुसार नेपालमा गाडी चढ्ने पहिलो प्रधानमन्त्री वीर शम्शेर नै थिए । इन्द्र जात्राका दिन राणा प्राधानमन्त्री श्री ३ वीर शम्शेरले नेपाल भित्रिएको पहिलो गाडी चढेका थिए ।

पछि वीर शम्शेर गाडी देखाउन राज पृथ्वी वीरविक्रमकहाँ गए । तर, गाडी देखेर अचम्ममा परेका राजाले वीर शम्शेरसँग गाडी मागेर आफैसँग राखे ।

गेहेन्द्रले काठमाडौं गाडी भित्र्याउनुअघि नै चन्द्र शमशेरको पालामा चितवनको कसरासम्म एक अंग्रेजले गाडी चलाएकाको इतिहास पनि पढ्न पाइन्छ । वि.सं. १९७८ सालमा बेलायतका राजकुमार एडवर्ड सिकार खेल्न भारतबाट चितवनको कसरा आउँदा नेपालमा पहिलोपटक गाडी प्रयोग गरेर आएको बताइन्छ ।

त्यो गाडी देखेपछि राणाहरूलाई काठमाडौंमा गाडी नचलाई भएन । काठमाडौंमा गाडी ल्याउन वीरगन्जदेखि भीमफेदीसम्म नयाँ सडक खनियो । भीमफेदीबाट भने सर्वसाधारणले काँधमा बोकाएर काठमाडौं भित्राइन्थ्यो ।

वि.संं २०१३ सालमा त्रिभुवन राजपथ (बाइरोडको बाटो) ले काठमाडौं जोडेपछि मात्र काँधमा बोकेर गाडी ल्याउन छाडिएको थियो ।

काठमाडौंवासीले पहिलोपटक जुद्ध सडकदेखि सिंहदरबारसम्म वीर शम्शेरले चढेको गाडी देखेको इतिहास छ ।

Leave a Reply

Your email address will not be published.