धुर्मुसलाई फेरि पर्यो संकट

धुर्मुसलाई फेरि पर्यो संकट

चन्द्रपुर : सन्तपुरमा धुर्मुस-सुन्तली फाउन्डेसनका तर्फबाट नमुना बस्ती निर्माण अन्तिम चरणमा पुग्दै गर्दा स्थानीयमा खुसियाली छाएको छ। नयाँ आधुनिक घर पाउने भएपछि स्थानीय हर्षित भए पनि फाउन्डेसनका अभियन्ता हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ तनावमा देखिएका छन्।

बस्ती निर्माणका लागि सामान खरिदमा उधारो एक करोड रुपैयाँभन्दा बढी पुगेको छ। ‘सोचेजस्तो’ रकम सहयोग नपाइरहेको फाउन्डेसनले जनाएको छ। चाडवाड र तीन तहको चुनावका कारण सोचेजस्तो सहयोग नमिलेको हो।

फाउन्डेसनका अनुसार पाँच करोड ९५ लाख लागतमा निर्माणाधीन नमुना बस्तीका लागि अझै एक करोड ३० लाख रकम अपुग देखिएको छ। साढे चार करोडभन्दा बढी रकम सहयोग प्राप्त भइसकेको छ। धुर्मुस र सुन्तलीले साउदी अरब, क्यानडा पुगेर सहयोग रकम जुटाएका थिए। देशबाहिर तथा भित्र रहेका नेपालीको सहयोगमा निर्माणाधीन बस्तीका लागि अपुग रकम जुटाउन धुर्मुस लागिपरेका छन्।

पाँच करोड ९५ लाख लागतमा निर्माणाधीन नमुना बस्तीका लागि एक करोड ३० लाख रकम अपुग देखिएको छ।

बस्ती हस्तान्तरण गर्ने मिति नजिकिँदै जाँदा त्यति ठूलो रकम संकलन हुँदैन कि भन्ने चिन्ताले उनलाई सताउन थालेको छ। दिनहुँजसो सहयोग रकम जुटिरहे पनि करोडभन्दा बढी रकम कसरी जुट्ला भन्ने चिन्ता रहेको फाउन्डेसनका पदाधिकारी बताउँछन्।

फाउन्डेसनका अनुसार बस्ती निर्माण अन्तिम चरणमा छ। घरको रङरोगन, बिजुली, पानीको व्यवस्था, भित्री बाटो निर्माण, बाल उद्यान, झ्यालढोका लगाउने काम तीव्र रूपमा भइरहेको छ। बस्ती अवलोकनका लागि भ्यू टावर निर्माणको काम भइरहेको उनले बताए।

‘बस्ती हस्तान्तरण गर्ने मिति दुई साता मात्र बाँकी छ’, उनले भने, ‘रकम नजुटे ऋण गरेर भए पनि समयमैै बस्ती हस्तान्तरण गर्ने योजना छ।’

नयाँ घर पाउने भएपछि स्थानीयवासी खुसी रहेको बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझी मुसहरले बताए। फुसको झुपडीमा बस्दै आएका पीडितले यस्तो घर पाइएला भन्ने सोचेका थिएनन्। सन्तपुरमा ४७ वटा घर, बाल विकास विद्यालय, बाल उद्यान, सार्वजनिक शौचालय, मन्दिर, भ्यू टावर निर्माण हुनेछन्

Leave a Reply

Your email address will not be published.