डीआईजी सिलवालको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई असार १ गते

१८ जेठ, काठमाडौं । आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई सुरु भएको छ ।

बिहीबार ७ जना न्यायाधीशको वृहत पूर्ण इजलासमा बहस शुरु भएकोमा बहश नसकिएपछि असार १ गते सुनुवाइ हुनेगरि हेर्दा हेर्दैको अवस्थामा राखिएको हो ।

बिहीबार बरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए । वृहत पूर्ण इजलासमा न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी छन् ।

सरकारले प्रकाश अर्याललाई आईजीपी बनाएपछि डीआईजी सिलवाल अदालत गएका थिए ।
तर, अन्तरिम आदेश दिन मानेन ।

Leave a Reply

Your email address will not be published.