महाशिवरात्रीको रात किन सुत्नु हुँदैन ?जानी राखौ,

काठमाडौं –  अधिकांश मानिसहरु शिवरात्रीको दिन भगवान शिवको आराधना गर्छन् तर धेरैलाई यो थाहा नहुनसक्छ त्यसदिन शिवको आराधना किन गरिन्छ ? धेरैको बुझाइ एकै नहुनसक्छ । कोहि भगवान शिवलाई खुशी पारी वरदान लिनका लागि त कोहि अरुले गरेको देखेर पनि गर्छन् । तर यसको मुख्य कारण भने अर्कै छ ।

पूर्णिमाको अघिल्लो दिन सबैभन्दा अँध्यारो रात हुन्छ । जसलाई शिवरात्रीको नाम दिइन्छ । वर्षमा १२ देखि १३ वटासम्म शिवरात्री हुन्छ । तर माघ महिनामा आउने शिवरात्रीलाई महाशिवरात्री भनिन्छ ।

त्यस रात कोहि पनि सुत्नु हुँदैन भन्ने प्रचलन रहिआएको पाइन्छ । महाशिवरात्रीको अँध्यारो रातमा ग्रहको स्थिति यस्तो हुन्छ कि जहाँ मानव प्रणालीमा एक शक्तिशाली उर्जा प्राप्त हुन्छ । सो दिन रातभर ऊर्ध्वाधर स्थितिमा जागा बसेमा शारीरिक र आध्यात्मिक भलाइका लागि लाभदायक हुन्छ । यसकारण योग परम्पराका अनुसार महाशिवरात्रीको रात कुनैपनि मानिस सुत्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published.