ज्याेतिषकाे सल्लाहमा पद छोड्न हतारिए देउवा

ज्याेतिषकाे सल्लाहमा पद छोड्न हतारिए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवटार छोड्ने तयारी गरेका छन्।

९ महिना सरकार प्रमुखकाे जिम्मेवारीमा रहेका उनी ज्योतिषको सल्लाहअनुसार सरकारी निवास छोड्न हतारिएका हुन्।

प्रधानमन्त्री निकट ज्योतिष अंगिरस न्योपानेले सरकारी निवास प्रवेशकाे मितिले ९ महिना नकटाई बालुवाटार छोड्न सल्लाह दिएको स्रोतले बतायो। फागुन ५ गते देउवा बालुवाटार भित्रिएको ९ महिना पुग्दैछ। त्यसअघि नै उनले बालुवाटार छोड्न सामान सार्न निर्देशन दिइसकेका छन्।

ज्योतिषको सल्लाहमा विश्वास गर्ने देउवाले बिहीबारै अथवा शुक्रबार बालुवाटारबाट निजी सामान बुढानिलकण्ठ सार्न निकटस्थहरुलाई निर्देशन दिएको स्रोतले बतायो।

नेपाली काँग्रेसका सभापति देउवा २०७४ जेठ २३ गते चौथो पटक प्रधानमन्त्री निर्वाचित भएका थिए। ज्योतिष न्यौपानेकै सल्लाहमा प्रधानमन्त्री निर्वाचित भएको दश दिनसम्म उनी सरकारी निवास गएका थिएनन्। देउवा असार ५ गते बिहान बालुवाटार प्रवेश गरेका थिए।

कण्डलीअनुसार गत चैत महिनादेखि देउवाको बृहस्पति भाग्य स्थानमा आएको थियो। देउवा चाैथाे पटक प्रधानमन्त्री हुनुलाइ ज्योतिषहरु कुण्डलीमा ‘राजयोग र बृहस्पति भाग्य स्थानमा रहनु’लाइ निर्णायक मान्छन्। देउवाको जन्मकुण्डलीअनुसार फागुन ५ गतेपछि राहू अष्टम पदमा पर्ने र त्यसले अनिष्ट निम्त्याउने भन्दै न्याैपानेसहितका ज्योतिषहरुले उनलाई त्यसअघि सरकारी निवास छाेड्न सल्लाह दिएका छन्।

Leave a Reply

Your email address will not be published.