मुख्यमन्त्रीको दौडबाट पाण्डे आउट, शाक्य र पौडेलबीच प्रतिस्पर्धा

मुख्यमन्त्रीको दौडबाट पाण्डे आउट, शाक्य र पौडेलबीच प्रतिस्पर्धा

काठमाडौं– प्रदेश नं ३ को मुख्यमन्त्रीमा दावी गर्दै आएका राजेन्द्र पाण्डे निर्वाचन हुने भएपछि यो दौडबाट बाहिरिएका छन् ।

एमालेले प्रदेश नं ३ मा दलको नेता सर्वसम्मत छान्ने प्रयास गरेपनि असफल भएपछि शुक्रबार निर्वाचन हँुदैछ । 

शुक्रबार हुने निर्वाचनका लागि पाण्डेले उम्मेदवारी नै दिएनन । ‘ उहाँ (पाण्डे)को उम्मेदवारी ने परेन, अव अष्टलक्ष्मी शाक्य र डोरमणी पोडेलबीच प्रतिश्पर्धा हुनेछ’ एमाले पोलिटव्युरो सदस्य अरुण नेपालले भने ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दलको नेताका लागि निर्वाचन हुदैछ । नेता नेपालका अनुसार १२ बजेपछि मतदान हुने छ ।

यो प्रदेशमा एमालेका ५८ सांसद छन् । दलको नेता जित्न कम्तिमा ३० जनाको मत आवाश्यक पर्छ ।

 

Leave a Reply

Your email address will not be published.