धनकुटालाई प्रदेशको राजधानी बनाउन बालुवाटारमा धर्ना

काठमाडौँ, पुस २७ । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिइएको छ ।

हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले बिहीबार बिहान ९ देखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् ।

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन गर्दै आएका छन् । नेकपा एमाले धनकुटाका सचिव सुरेन्द्र पौडेलले भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने दाबी गरे । रासस