अझै सुरु भएन काठमाडौं महानगरपालिकामा मतगणना

 

 

 

 

काठमाडौं जेठ १,

काठमाडौं महानगरपालिकामा अझै मतगणना सूरु हुन सकेको छैन । दलहरुले सोमबार विहानबाट मात्र मतगणना गर्ने सहमति गरेका थिए ।

अहिले भर्खरमात्र निर्वाचन आयोग, उम्मेदवार र उम्मेदवारको प्रतिनिधीबीच छलफल सुरु भएको छ ।

सर्वदलीय बैठकले कस्तो मतलाई बदर मान्ने, कस्तो मतलाई बदर नमान्ने टुंगो लगाउने छ । त्यसपछि मात्र मतगणना सुरु हुनेछ ।

मत गणना सुरु नभएकाले अहिले काठमाडौ महानगरपालिकाको मतगणना हुने स्थान बाहिर कुनै चहल पहल सुरु भएको छैन ।

Leave a Reply

Your email address will not be published.