उपचारका लागि राज्यबाट एक रुपैयाँ लिन्न :गगन थापा

'विशिष्टहरुलाई उपचार खर्च बाँड्ने प्रचलन रोक्नुपर्छ'

उपचारका लागि राज्यबाट एक रुपैयाँ लिन्न :गगन थापा

काठमाडौ । स्वास्थ्य मन्त्री गगन थापाले आफूलाई जति नै ठूलो रोग लागे पनि राष्ट्रको ढुकुटीबाट एक रुपैयाँ उपचार खर्च नलिने घोषणा गरेका छन् । मन्त्री थापाले अहिलेसम्म विशिष्ट अधिकारी एवं नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्चसमेत रोक्ने प्रतिवद्धता जनाएका छन् । कोही बाहिर गएर उपचार गर्छु भन्नु उसको आफ्नो अधिकारको कुरा हो, तर, पूर्वविशिष्ट अधिकारीका नाममा राज्यको खर्चबाट बाहिर उपचार गर्ने पद्दतिलाई रोक्नैपर्छविभिन्न राजनीतिक दलका नेता-कार्यकर्ताले समेत राज्यको ढुकुटीबाट रकम लिएर उपचार गराउँदै आइरहेका बेला मन्त्री थापाले नयाँ सुधारको प्रण गरेका हुन् ।

यसअघि दलका नेताहरुलाई सरकारले नै निर्णय गरेर उपचार खर्च बाँड्ने गरेको छ । भर्खरै प्रचण्डकै नेतृत्वमा रहेको क्याबिनेटले समेत गगन थापा स्वास्थ्यमन्त्री नहुँदै पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरिसकेको छ ।

अनलार्इनखवरबाट

Leave a Reply

Your email address will not be published.