छानबिनका डाक्टरलाई बिरामी जाँच्न नदिन प्रधानमन्त्रीको निर्देशन

छानबिनका डाक्टरलाई बिरामी जाँच्न नदिन प्रधानमन्त्रीको निर्देशन

१३४ पटकसोमबार, ३१ साउन

काठमाडौ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरलाई बिरामी जााच्न नदिन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

नक्कली प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका चिकित्सकले बिरामी जााचिरहेको सार्वजनिक भएपछि प्रधानमन्त्रीले आइतबार स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीलाई फोन गरी जााच्न नदिन निर्देशन दिएका हुन् ।

‘नक्कली भनिएका डाक्टरहरूले हिरासतमुक्त भएपछि फेरि बिरामी जााच्न थालेको जानकारी आएको छ,’ प्रधामन्त्रीको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव प्रकाश दाहालले भने, ‘तपाईंले तत्काल ती डाक्टरहरूलाई मेडिकल काउन्सिलबाट निलम्बन गरी बिरामी जााच्नबाट रोक्नुहोस् ।’

प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा चनाखो भएर काम गर्न पनि निर्देशन दिएका थिए ।

प्रमाणपत्र छानबिनमा परेका तीनजना सरकारी चिकित्सकलाई २४ घन्टाभित्र स्वास्थ्य मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको छ । छानबिनमा परेका सरकारी चिकित्सकमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका पन्नालाल पटेल र सरोजकुमार सिंह तथा लुम्बिनी अञ्चल अस्पतालका सुनीलकुमार आचार्य छन् ।

त्यसैगरी, सरकारले करारमा लगाएका पााचजनाको करारनामा पनि रद्द गरेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । उनले छानबिनमा परेका सबैको नामावली मेडिकल काउन्सिलमा पठाइसकिएको बताए । अाजकाे  नयाँ पत्रिकामा समाचार छ ।

Leave a Reply

Your email address will not be published.