शेरधन राई बने प्रदेश न. १ को मुख्यमन्त्री

शेरधन राई बने प्रदेश न. १ को मुख्यमन्त्री

काठमाडौं  – प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शेरधन राई नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
एमालेले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गरेको थियो ।
९३ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ । मुख्यमन्त्री राईले भोलि सपथ लिनेछन् ।

Leave a Reply

Your email address will not be published.