एमाले स्थायी समितीको बैठक जारी, यस्तो हुँदैछ निर्णय

एमाले स्थायी समितीको बैठक जारी, यस्तो हुँदैछ निर्णय

एमाले स्थायी समिटीको बैठक ललितपुरको मानभवनमा बसिरहेको छ । माओवादी केन्द्रसँगको एकता प्रक्रियालाई निचोडमा पुर्याउनका लागी एमाले अध्यक्ष केपी शर्मा ओलीले केहि समय अगाडि स्थायी समितिको बैठक बोलाएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट निर्माण व्यवसायी तथा नेता शारदाप्रसाद अधिकारीको घरमा केही बेरअघिबाट पार्टी अध्यक्ष केपी ओलीको आह्वानमा एमाले स्थायी समितिको बैठक बसिरहेको हो । यो बैठकले नेकपा माओवादी केन्द्रसँग एकताका लागि भएको सहमतिलाई अनुमोदन गर्ने स्रोतले जनाएको छ ।
जनयुद्धको समयदेखि नै माओवादीमा सक्रिय अधिकारीको घरैमा बुधबार मध्यान्ह आधा घण्टासम्म एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएपछि एमाले स्थायी समितिको बैठक बसिरहेको हो । फराकिलो कम्पाउन्डसहितको मानभवनस्थित अधिकारीको घरमा नेताहरुलाई आफ्ना सवारी साधन पार्किङ गर्न सजिलो छ भने पत्रकारहरुले पनि सहजै पहुँच नपुर्पाउने भएकाले दुई नेताबीच त्यहाँ बैठक हुने गरेको थियो ।
नेकपा माओवादी केन्द्र हेडक्वार्टरको बैठक अध्यक्ष दाहालको निजी निवास खुमलटारमा बस्ने भएको छ। माओवादी केन्द्र पदाधिकारीको बैठकले पनि एमालेसँगको एकतालाई अनुमोदन गर्ने भएकोछ । स्रोतका अनुसार एमालेका स्थायी समितिको यो बैठकले माओवादीसँगको एकतालाई अघि बढाउन आवश्यक निर्णय गर्ने भएको छ । एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार आजै दुई पार्टीबीचको एकता संयोजन समितिको बैठक पनि बस्दैछ । त्यस बैठकले दुई पार्टीबीचको एकतालाई अन्तिम रुप दिने भएको छ ।

Leave a Reply

Your email address will not be published.