त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगालागी !

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगालागी !

काठमाडौं,फागुन १ -त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपट्टिको भागमा रहेको डम्पिङ साइटमा फोहर जलाउँदा १५ मिनेट उडान अवतरण प्रभावित भएको छ।

मंगलबार साढे चार बजे विमानस्थलको फोहर संकलन केन्द्रमा आगो लगाउँदा त्यसबाट फैलिएको आगो र धुवाँको कारण १५ मिनेट उडान तथा अवतरण पूर्ण रूपमा बन्द भएको विमानस्थलका कार्यालयले जानकारी दिएको छ। विमान स्थलमा चुरोट खाएर फाल्दा आगो सल्किएको भएको आशंका गरिएको छ । अहिले आगो नियन्त्रमा आइसकेको छ । भने अन्तरार्ष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरार्ष्ट्रिय उडान अवतरण पनि सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.