दरबारमार्ग सामूहिक बलात्कार घटना :आर्थिक प्रलोभनमा युबतिले फेरिन बयान, माइती नेपालको सहयोगमा काउन्सेलिङ

दरबारमार्ग सामूहिक बलात्कार घटना :आर्थिक प्रलोभनमा युबतिले फेरिन बयान, माइती नेपालको सहयोगमा काउन्सेलिङ

काठमाडौं,  –  सामूहिक बलात्कारमा परे भन्दै सुरूमा आफैँले उजुरी दिएको र पछि आर्थिक प्रलोभनमा आवेशमा आएर मनलाग्दी बोलेको भन्दै बयान फेरेपछि पीडित युवतीलाई प्रहरीले काउन्सेलिङमा राखेको छ।

युवतीको बयानका कारण अभियुक्तहरू उम्कन सक्ने भएका कारण प्रहरीले पीडित युवतीलाई नियन्त्रणमा लिएर बयानपछि काउन्सेलिङ थालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एंव सोही घटनाको छानबिन समितिका संयोजक एसपी रामदत्त जोशीले बताए।

सुरूमा पीडित भए भन्दै उजुरी दिने युवतीले पछि आवेशमा आएर बोलेको भन्दै कागज गरेर अभियुक्तसँग ३० लाख रपैयाँ रकम लिएको र उक्त मिलापत्रलाई नै प्रहरीले सदर गरेको भेटिएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपीसहित ३ प्रहरी समेत कारवाहीमा परेका थिए।

सुरूमा बलात्कार भएको भन्दै आफैँ उजुरी गर्ने युवतीले पछि आवेशमा आएर बोलेको भन्ने कुरामा कुनै तुक छैन, जघन्य अपराधको घटना हो, त्यसलाई हामीले गम्भीर ढंगले अनुसन्धान गरिरहेका छौं’, एसपी रामदत्त जोशीले भने, ‘अनुसन्धान जारी छ, युवतीलाई हामीले सुरक्षित राख्नु पर्ने हुन्छ, र उनलाई काउन्सेलिङको जरुरत परेकाले माइती नेपालसँग समन्वय गरेर राखेका छौं, छिट्टै घटनाको वास्तविक बाहिर आउने छ।’

उनका अनुसार प्रहरीले ती युवतीलाई काउन्सेलिङ गरी घटनाको बारेमा अनुसन्धान गर्दै छ।

त्यसैगरी, फरार रहेका ब्याक्तिसँग नियमित फोन सम्पर्कमा रहेको देखिएपछि प्रहरीले दुईजनालाई हेटौंडाबाट पक्राउ गरी काठमाडौं ल्याएको छ।

‘उनीहरू यो घटनाका दोषी हैनन्, फरार अभियुक्तसँग नियमित फोन सम्पर्कमा रहेको देखिएका कारण उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published.