डिएसपीद्वारा आफैँलाई गोली हानी आत्महत्या (भिडियो)

डिएसपीद्वारा आफैँलाई गोली हानी आत्महत्या (भिडियो)

विद्यार्थीको प्रदर्शन रोक्न खटिएका एक प्रहरी डिएसपीले आफैँमाथि गोली चलाएर आत्महत्या गरेका छन्। यो घटना भारतको पञ्जाबको हो। सोमबार फरिदकोटको जैटुमा घटना भएको हो।

कलेज प्रशासन केही विद्यार्थीलाई पिटेपछि विद्यार्थी त्यसविरुद्ध प्रदर्शनमा उत्रिएका थिए। भिड नियन्त्रण गर्न गर्न डिएसपी बलजिन्दर सिंह सिन्धुको नेतृत्वमा एक हुल प्रहरी परिचालन भएको थियो। त्यहाँ केही व्यक्तिले उनको चरित्रमाथि गम्भीर प्रश्न उठाएका थिए। त्यही बेला डिएसपी सिंहले वैधानिक पेस्तोलले आफ्नै कञ्चटमा गोली प्रहार गरे।

‘जब केही विद्यार्थीले डिएसपी सिंहको चरित्रमाथि औंला ठड्याए त्यसपछि उनले आफूसँग भएको हतियार आफ्नो टाउँकोतिर सोझ्याए र गोली चलाए’, एक प्रत्यक्षदर्शीले भने। त्यस लगत्तै उनलाई नजिकैको अस्पताल पुर्याइएको थियो। चिकित्सकले उनलाई मृत घोषित गरे। घटना हत्या वा आत्महत्या के हो भन्ने विषयलाई लिएर प्रहरीले एक स्वतन्त्र छानवीन गरिरहेको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। विद्यार्थीको प्रदर्शनको भिडियोमा पेस्तोलको आवाज सुनिन्छ।

भिडियो

Leave a Reply

Your email address will not be published.