दीपायलमा चार राउण्ड आश्रुग्याँस प्रहार, तीनजना घाइते

दीपायलमा चार राउण्ड आश्रुग्याँस प्रहार, तीनजना घाइते

४ माघ– प्रदेश राजधानी माग्दै डोटीको दीपायलमा जारी आन्दोलन अराजक बन्दै गएपछि भीडलाई नियन्त्रण गर्न आज दिउँसो प्रहरीले चार राउण्ड आश्रु ग्यास प्रहार गरेको छ । आश्रुग्यास प्रहारबाट तीन जना घाइते भएका छन् ।

आश्रुग्यास प्रहारबाट दीपायल सिलगढी नगरपालिका–४ का ४३ वर्षिय भरत बिक, दिसिनपा १ का ४० वर्षिय नारायण खड्का र के आई सिंह गाउँपालिकाका करी भण्डारी घाइते भएका छन् । घाइते विकलाई धनगढी रिफर गरेको सुजङ अस्पताले जनाएको छ । अन्य २ जना सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको छ ।

आन्दोलनकारीले डोटी सदरमुकाम सिलगढीमा जिल्ला वन कार्यालय डोटीको भिआर मोटरसाइकलमा आगजनी गरेका छन । बा १ ब ७६३९ नम्बरको मोटरसाइकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सरकारले हिजो प्रदेश नं. ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेपछि दीपायलमा जारी आन्दोलन उग्र बन्दै अएको हो ।

Leave a Reply

Your email address will not be published.