प्रदेशसभाका समानुपातिक सांसदको नाम सार्वजनिक (नामावलीसहित)

प्रदेशसभाका समानुपातिक सांसदको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ,  निर्वाचन आयोगले समानुपातिक निर्वाचन पद्धतिबाट प्रदेशसभामा निर्वाचित भएकाहरुको नाम सार्वजनिक गरेको छ । आयोगले वेवसाइटमार्फत समानुपातिक तर्फबाट निर्वाचित सबै दलका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।

सातवटै प्रदेशमा गरी समानुपातिक पद्धतिबाट २२० जना सांसद निर्वाचित भएका छन् ।  उनीहरुको नाम आयोगले बिहीबार सार्वजनिक गरेको हो ।

समानुपातिकतर्फबाट सांसद निर्वाचित भएकाहरुलाई शुक्रबार आयोगमै प्रमाणपत्र दिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रमाणपत्र लिनका लागि निर्वाचित भएकाहरुले आफ्नो नागरिकतासहित आउनुपर्ने उनले बताए ।

प्रदेशसभाका समानुपातिक सांसदहरुको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published.