झन्डै १७ सय स्मार्ट लाइसेन्स वितरण

झन्डै १७ सय स्मार्ट लाइसेन्स वितरण

धनगढी, पुष २६ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयले ६ महिनामा १ हजार ६ सय ९० जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखी स्मार्ट लाइसेन्स वितरण थालिएकोमा हाल सम्म १ हजार ६ सय ९० स्मार्ट लाइसेन्स वितरण गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

लाइसेन्स नविकरण गर्नेलाई स्मार्ट लाइसेन्स वितरण गरिदै आएपनि नयाँ लाइसेन्सको हकमा भने अझै स्मार्ट लाइसेन्स वितरण नथालिएको तर निकट भविष्यमा उक्त काम थालिने सेती यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्ण भुसालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.