दाङमा विमान सेवाको सुरु, भव्य स्वागत

दाङ, पुस २४। लामो समयदेखि अवरुद्ध रहेको दाङको टरिगाउँ विमानस्थलमा आजदेखि विमान सेवा सुरु भएको छ । आज दिउँसो समिट एयरको जहाजले टरिगाउँ विमानस्थलमा अवतरण गरेर विमान सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।

विमानमा पहिलो यात्रीका रुपमा उपप्रधानमन्त्री एवं दाङ क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा, क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकै सदस्य हिराचन्द्र केसी, सल्यानका प्रदेशसभा सदस्य प्रकाश ज्वाला र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे थिए ।

विसं २०११ सालबाट सञ्चालनमा आएको विमानस्थल ४ पटकसम्म सञ्चालन हुँदै बन्द भएको थियो । अहिले तुलसीपुर उपमहानगरपालिकाको सक्रियतामा सुरु भएको विमानस्थल २०७३ साल चैत २ गतेदेखि बन्द भएको थियो । बाजागाजासहित नाचगान गरेर विमान र विमानमा सवारी व्यक्तिहरुलाई स्वागत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.