पुस ८ गतेदेखि चार सहरमा एनसेल मेला हुने

काठमाडौं, मंसिर २६ । एनसेल प्रा लि ले देशको विभिन्न चार सहरहरुमा पुस ८ देखि एनसेल मेला २०७४ को आयोजना गर्ने भएको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसनरफोरजीको अनुभव प्रदान गर्न, एनसेलले पोखरा, विराटनगर, बुटवल र ललितपुरमा एनसेल मेला आयोजना गर्न लागेको जानकारी दिएको छ ।

यी चारै सहरहरुमा एनसेलले छोटो अवधिमा नै आफ्नो फोरजी सेवा विस्तार गरिसकेको जनाएको छ ।

मेलामा गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजी थिममा आधारित हुने र चर्चित गायक तथा सांगीतिक समुहहरुको प्रस्तुति रहने एनसेलले जनाएको छ ।
पुस ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजार,१५ गते विराटनगरको हाटखोलामा, २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना हुनेछ ।

यी प्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्टसहित साँझ साढे ६ बजेसम्म चल्नेछ ।

मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । मेलामा प्रवेश निःशुल्क हुने एनसेलले जनाएको छ ।

बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘लिटल नेपाली आइडल’ कार्यक्रमको पनि आयोजना गरिने भएको छ ।

मेलाको अरु आकर्षणहरु पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु हुनेछन् भने बालबालिकाहरुका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु रहनेछन् ।

आगन्तुकहरुले मेलामा, देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि थप जानकारी लिनुका साथै विषेश एनसेल फोरजी जोनमा फोरजी चलाएर टेष्ट पनि गर्न सक्ने एनसेलले जनाएको छ ।

मेलामा कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना ९लाउरे०, सांगीतिक समुहहरुमा कबवेभ, द एज र स्याडोज्ले आफ्नो प्रस्तुति राख्नेछन् ।

“हामी सन् २०१७ को बिदाई नजिक छौ । यो समय भनेको सबै साथीभाई र परिवारजनसँग खुसीयाली साट्दै नयाँ वर्ष २०१८ को स्वागत गर्ने बेला हो,” एनसेलका प्रमुख कर्मशियल अधिकृत कोकलियोङ् यापले भने,“हामीलाई आशा छ सबै जना आ९आफ्ना साथीभाई र परिवारका साथ यो मेलामा सहभागि भई रमाईलो गर्नु हुनेछ । मेलामा चर्चित कलाकारहरुको प्रस्तुति बाहेक अन्य थुप्रै रमाईला कार्यक्रमहरु पनि समावेश गरिएका छन् । मेलामा आउन नसक्नेहरुले पनि हाम्रो १९ शहरहरुमा फैलिएको फोरजी नेटवर्क मार्फत ‘योण्डर म्युजिक’ र ‘आईफ्लिक्स’ मुभिज्को मजा लिनुहुनेछ भन्ने आशा लिएका छौ । ”

Leave a Reply

Your email address will not be published.