ऋचाले भनिन्– मैले दर्शकलाई मुर्ख भनेकी छैन, गलत बुझाई हो।

ऋचाले भनिन्– मैले दर्शकलाई मुर्ख भनेकी छैन, गलत बुझाई हो।

काठमाडौं, मङ्सिर १२ । नायिका ऋचा शर्माले आफूले दर्शकलाई मुर्ख नभनेको स्पष्ट पारेकी छन् । ‘चलचित्र छक्का’ पञ्जाहर्नेदर्शकलाई उनले मुर्ख भनेको भन्दै चलचित्रकर्मीहरु दुई ध्रुवमा बाँडिएपछि उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएकी हुन् ।

एकादेश फिल्म फेस्टिबलमा बोल्ने क्रममा उनले दर्शकलाई मुर्ख भनेको भन्दै छक्का पञ्जाको टिमले ऋचाको आलोचना गरेपछि उनले स्टाटसमा भनेकी छन्, म एक कलाकार, निर्माता र दर्शक भएको कारणले दर्शकलाई मुर्ख भन्ने अधिकार नै छैन तर म पनि एक दर्शकका रुपमा विचार दिन पाउँछु । दर्शकले हामीलाई बनाएको हो र हामी दर्शकलाई भगवान मान्छौं । मैले कुनै पनि चलचित्र हेर्ने दर्शक मुर्ख हुन् भनेर कहिल्यै बोलेकी छैन । तर, जिन्दगीको कुनै पनि मोडमा होस् वा चलचित्रमा महिला हिंसाको विषयलाई हास्ने कारण बनाइन्छ भने म त्यस विषयमा आफ्नो बिचार राख्न किञ्चित डगमगाउने छैन, चाहे संसारले नै मलाई बिरामी सावित गरोस् । सिनेमामा आफूलाई मन लागेको देखाउन पाइन्छ तर त्यसप्रति बिभिन्न धारणा आउँछन् । मेकरले त्यसलाई पचाउन सक्नुपर्छ । कलाका हरेक क्षेत्रमा सर्जकहरु आफ्नो सृजनामा यति तल्लिन भएर लागेका हुन्छन् कि उनीहरु एउटा गिलासभित्र हुन्छन् । दर्शकहरु नै हुन् , जसले त्यो गिलासलाई बाहिरबाट हेरेर अनेक तर्क गर्छन् । असल कलाकार तिनै हुन्, कहिलेकाही दर्शकका तर्कलाई पनि आत्मसात गर्छन् ।

म कलाकार हुँ, दर्शक हुँ तर सबैभन्दा म एक महिला हुँ । फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउन सकिन भनेकी हुँ । किनभने, अहिलेको समयमा बिहेकै लोभमा कुनै महिलाले यति धेरै थप्पड खाँदैनन् । यदि महिला हिम्सामाथि बनेको फिल्म भए, ठिकै थियो । तर, यो त कमेडी सिनेमा हो । र, यही कुरा मैले एकादेश फिल्म फेस्टिभलमा चलचित्रमा महिलाको भूमिका शिर्षकको अन्तरक्रियामा दर्शकले सोधेको प्रश्नमा यो कुरा बोलेकी थिएँ । र, मैले बोल्दा त्यो सिनेमा हेरेर ताली बजाउँने दर्शक मूर्ख हुन् पनि भनेकी थिइन । तपाईहरु भिडियो पनि हेर्न सक्नुहुन्छ । सार्वजनिक भएको भिडियोमा मैले दर्शकलाई मुर्ख भनेको कतै सुनिन्छ भने दर्शकले नै मलाई प्रश्न गरुन् । मैले त आफूलाई लागेको कुरा बोलेकी थिएँ ।

आफूलाई चित्त नबुझेको कुरा बोल्न पाउँनु मेरो अधिकार पनि हो ।

सर्जक सधैँ महान हुँदैन । अहिले त झन् चलचित्रको कुनै दृश्यमा कुनै समुदायको चित्त दुख्यो भने सच्चाउँने चलन छ । टेलिभिजनका हरेक प्रोगाममा कुनै समुदायलाई चित्त दुखे भन्नुहोला भन्ने म्यासेज पनि आइरहन्छ ।

फिल्म मेकरले यस्ता कुरामा ध्यान पुर्याउनु पर्छ । र, कहिलेकाही आफूलाई सच्चाउनु पनि पर्छ । सच्चिनु आफ्नो कद सानो बनाउनु होइन । भूँइ र समयसित नजोडिएको मेकर जति नै अग्लो भएपनि, उसको जग बलियो हुँदैन । ममा पनि धेरै कमजोरी छन् र म सुन्छु,आफ्नो कमजोरी अंगाल्छु सच्याउँछु, अनि राम्रो बन्ने प्रयास जीवनभर गरिरहन्छु ।

Leave a Reply

Your email address will not be published.