निशान भट्टराई नेपाल आइडलकै उत्कृष्ट

 

 

आदित्य कृष्ण

काठमाण्डौ यस साताको नेपाल आइडलको ‘परफमेन्स अफ द डे’को उपाधी निशान भट्टराईले जित्नुभएको छ । उहाँले दिव्य सुब्बाको म तिम्रो आँखामा सजाउन कहाँ योग्य छु र ? बोलको गित गाउनुभएको थियो ।

उहाँको प्रस्तुतीपछि जोडदार रुपमा वान्समोरको अपिल भएको थियो । निशानले निकैनै उत्कृष्ट गित गाएको विहिबारको कार्यक्रममा अतिथि जर्जको रुपमा रहनुभएका राजेशपायल राईले बताउनुभयो ।

निशानले सबैखालको गित गाउन सक्ने प्रमाणित भएको उहाँले बताउनुभयो । निशानको प्रस्तुती हेरीसकेपछि तीनै जना जर्जले उहाँले खुलेर प्रसंसा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.