प्रधानमन्त्रीले भारतमा दिएको अभिव्यक्तिले देशकै शिर झुकायोः ओली

 

 

काठमाडौं,भदौं ९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले देशकै शिर निहुराएको बताएका छन्। नियमित स्वास्थ्य चेकजाँचका लागि थाइल्याण्ड प्रस्थान गर्ने क्रममा शुक्रबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संविधानको सर्वस्वीकार्यताबारे प्रधानमन्त्रीले भारतमा दिएको अभिव्यक्ति लज्जाजनकु रहेको बताए।

प्रधानमन्त्रीले कसैलाई खुसी पार्न यस्तो अभिव्यक्ति दिएको ओलीको आरोप छ। यही संविधानअनुसार प्रधानमन्त्री बनेको र यसैको शपथ लिएको व्यक्तिले अप्रासंगिकरुपमा संविधानको कुरा उठाउनुभयो, ओलीले भने, यस्तो भन्नु त राम्रो हुँदैन, कटु शव्द के प्रयोग गर्नु, तर उहाँले कसलाई खुसी पार्न यस्तो प्रसंग उठाउनुभयो ? यसले केही दिनअघिमात्रै संसदले लिएको निर्णयको समेत धज्जी उडाएको ओलीको भनाइ छ।

Leave a Reply

Your email address will not be published.