स्वरोजगार लघुवित्त बैंक शाखा कार्यालय बनेपाले २६ जना छात्रालाई छात्रवृत्ति प्रदान (भिडीयो सहित )

स्वरोजगार लघुवित्त बैंक शाखा कार्यालय बनेपाले २६  जना छात्रालाई छात्रवृत्ति प्रदान (भिडीयो सहित )
 
स्वरोजगार लघुवित्त विकास बैंक शाखा कार्यालय बनेपाले आज आयोजना गरेको छात्रवृत्ति प्रदान कार्यक्रम  सम्पन्न गरेको छ ।
 
स्वरोजगार लघुवित्त विकास बैंकको प्रमुख कार्यकारी अधिकृत उदय राज खतिवडा प्रमख अतिथि, प्रशाशन प्रमुख श्रीराम रोक्का सभापती रहनु भयको उक्त छात्रवृत्ति प्रदान कार्यक्रममा २६  जना बालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो ।उक्त कार्यक्रमा नेपाल इन्भेस्टमेन्ट बैंक शाखा कार्यालय बनेपाका शाखा प्रबन्धक कुमार थापा ,मध्यमार्गी साप्ताहिक का सम्पादक प्रदिप केसी ,सीय उत्सब डाँगी ,का साथै महिला दिदीबहिनी उपस्थीती रहेको थियो ।
यस बैंकले प्रत्यक बर्ष आफ्नो सदस्यहरुको बार्षिक केन्द्र भेला गरि उक्त भेलामा उत्कृष्ट १० केन्द्रका २ जना सदस्य को छोरी लाई यस कार्यक्रमा छात्रवृत्ति प्रदान गर्दै आयको छ ।
उक्त कार्यक्रममा स्वरोजगार लघुवित्त विकास बैंक को शाखा कार्यालय बनेपाका शाखा प्रबन्धक जिबन मानन्धर ले संयोजक को भूमिका निर्बाहा गर्नु भयको थियो ।
थप तस्बिरहरु
 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला 
केहि समय पर्खनु होला भिडियो अपलोड हुदै छ

Leave a Reply

Your email address will not be published.