स्वरोजगार बैंक बनेपा शाखाले आयोजना गरेको ब्यबसायीक डल्लो साबुन बनाउने तालिम सम्पन

 

 

 

बनेपा

स्वरोजगार लघुवित्त विकास बैंक शाखा कार्यालय बनेपाले आयोजना गरेको तीन दिने डल्लो साबुन बनाउने तालिम सम्पन्न भएको छ ।

नमोबुद्ध नगरपालिका १० स्थित बाल उज्जन उज्ज्वल मा वि मा  आयोजना गरियको असार  १ ,२ ३ गते आयोजना गरियको  तिन दिने  डल्लो साबुन बनाउने तालिममा ६०  जना महिलाहरुको सहभागिता रहेको थियो ।

स्वरोजगार लघुवित्त विकास बैंकको केन्द्रीय कार्यालयका प्रशाशन प्रमुख श्रीराम रोक्का   प्रमख अतिथि रहनु भयको उक्त तालिम केवल रम्तेल र दिलिप रम्तेल  ले सहजिकरण गर्नुभएको थियो ।

सहभागीहरुले तालिम पश्चात आफुहरु व्यवसायीक डल्लो साबुन बनाउन  लाग्ने प्रतिवद्धता जनाएका थिए ।यस बैंकको प्रत्येक  शाखाले  प्रत्येक  बर्ष आफ्नो सदस्यहरुलाई २ /३ ओटा व्यवसायीक तालिम दिदै आएकोयसै  शाखा प्रबन्धक जिबन मानन्धर ले  हाम्रोपाटी लाई जनाउनु भयो ।

थप तस्विरहरु

 

 

Leave a Reply

Your email address will not be published.