चुनाव सार्ने निर्णयमा एमालेको सहमति छः प्रधानमन्त्री

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको सहमतिमै स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ गते सार्ने निर्णय लिएको दाबी गरेका छन् ।

साथै उनले राष्ट्रिय जनता पार्टी नेपाल पनि दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताए । माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय जनता पार्टीको माग र मुस्लिम समुदायको पर्व रमजान परेकाले पनि निर्वाचनको मिति असार १४ गते सार्नु परेको स्पष्टिकरण दिए ।

उनले अब भने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति सारिरहन पर्ने अवस्था नरहेको बताएका छन् । एमालेसहितको सहमतिमा स्थानीय तहको निर्वाचनको मिति असार १४ गते सार्ने निर्णय लिइएको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डले बताएको सांसद रामनारायण बिडारीले जानकारी दिए ।

माओवादी केन्द्रले सबै दललाई सहमतिमा ल्याएर स्थानीय तहकेा पहिलो चरणकेा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको उल्लेख गर्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएको छ ।

Leave a Reply

Your email address will not be published.