राप्रपाको चुनावी प्रचारमा प्रयोग भएको गाडी नवलपरासीमाआगजनी

राप्रपाको चुनावी प्रचारमा प्रयोग भएको गाडी नवलपरासीमाआगजनी

आनन्द पोखरेल
नवलपरासी, २६ बैशाख । स्थानीय तह निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा आगजनी भएको छ । नवलपरासीको कावासोती नगरपालिकामा राप्रपाले चुनावमा प्रयोग गर्दै आएको शंकर ढकालको टाटा सुमोमा मंगलबार बिहान आगजनी भएको हो ।

 

कावासोती नगरपालिकामा वडा नम्बर ८ पुरानो कावासोतीमा रहेको शंकर ढकालको आफ्नै घर अगाडि अज्ञात समूहले उक्त गाडीमा आगजनी गरेका इलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

थापाकाअनुसार आगजनीबाट बा १३ च ७१५० नम्बरको टाटा सुमोको इन्जिन र बनोटमा क्षति पुगेको छ । गाडीमाथि आगजनी भएपनि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि प्रहरी तुरुन्तै घटनास्थलमा पुगेकोले थप क्षति हुन नपाएको थापाले बताए ।

चुनावी प्रचारप्रसारको गाडीमा आगजनी गर्ने व्यक्तिकोे खोजतलास जारी राखिएको प्रहरीले जनाएको छ । ढकालले सोमबार राप्रपाको चुनावी कार्यक्रमका लािग आफ्नो राप्रपालाई भाडामा दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published.