चितवनमा विष्फोटक पदार्थ सहित विप्लवका व्यूरो इन्चार्ज पक्राउ

चितवनमा विष्फोटक पदार्थ सहित विप्लवका व्यूरो इन्चार्ज पक्राउ

चितवन बैशाख २६

विष्फोटक पदार्थ सहित नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहका व्यूरो इन्चार्ज सहित २ जना चितवनमा पक्राउ परेका छन् । भरतपुरको वडा नं. ४ शिवघाटबाट खोटाङ जिल्ला साविक दिप्लुङ गाविस घर भइ हाल भरतपुर महानगरपालिका वडा न १७ बस्ने ३६ वर्षका पुरन राई पक्राउ परेका छन् ।

उनी सँगै चितवनको १० नम्बर इलाका सदस्य शंकर गुरुङ समेत पक्राउ परेका छन् । पक्राउ पर्ने राई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गत चितवन, धादिङ, नुवाकोट र रसुवाको व्यूरो चिफ एवम् चितवन जिल्लाका सैन्य दस्ताका सहकमाण्डर समेत हुन ।

ना.३ प ३०६५ नम्बरको मोटरसाईकलमा चढेर नारायणगढ देखि शिवघाट तर्फ जाँदै गरेको बेला उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट प्लाष्टिकको बट्टामा रहेको विस्फोटक पदार्थ समेत बरामद गरिएको चितवन प्रहरीले जनाएको छ ।

उनीहरुबाट डेटोनेटर २ थान, प्लाष्टिकको ग्रीननेट २ थान, खोल सहितको नक्कली रिभल्भर १ थान झोलामा लुकाएर लैजादै गरेको विष्फोटक पदार्थ बरमद गरिएको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिनुभयो । पक्राउ परेका दुवैजनालाई २१ गतेदेखि हाल सम्म २२ जना पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published.