चर्चित हाँस्य टेलिश्रृंखला तितो सत्यका ‘लाजाराम’ रहेनन्

मङ्सिर २४, काठमाडौँ

चर्चित हाँस्य टेलिश्रृंखला तितो सत्यका ‘लाजाराम’ अर्थात आर पी भट्टराईको गएराती निधन भएको छ । कलाकार तथा निर्माता दीपकराज गिरीका अनुसार विराटनगरस्थित आफन्तको घरमा सुतेकै अवस्थामा उनको निधन भएको हो । उनका अनुसार भट्टराई सुगर र प्रेसरबाट पीडित थिए ।

15319029_723492034474238_6257868939434792326_n‘चार दिनअघि आरपीले विराटनगर घर जान्छु भनेको थियो, आज यस्तो ऊ संसारमा रहेन,’ गिरीले भने । उनको  ४२ बर्षका उनको श्रीमती र २ छोरा छन् । उनकी श्रीमती वैदेशिक रोजगारीका सिलसिलामा हाल इजरायलमा छिन् । अस्वाभाविक मोटाइका कारण उनी सधैं चिन्तित थिए । उनकी श्रीमती वैदेशिक रोजगारीका सिलसिलामा हाल इजरायलमा छिन् । अस्वाभाविक मोटाइका कारण उनी सधैं चिन्तित थिए । मोटाइकै कारण आफूले धेरै चलचित्रमा काम गर्न नसकेको गुनासो गर्थे ।

Leave a Reply

Your email address will not be published.