मुग्लिनमा हाइवे हस्पिटल निर्माणार्थ सप्ताहव्यापी महायज्ञ गरिने

मुग्लिनमा हाइवे हस्पिटल निर्माणार्थ सप्ताहव्यापी महायज्ञ गरिने

हाइवे क्षेत्रमा भइरहने दुर्घटनामा परी घाइते भएकाहरुलाई तत्काल उपचारका निमित्त मुग्लिन बजारमा सुविधा सम्पन्न हस्पिटल बन्ने भएको छ । विहिबार चेरेस स्थित मनकामना क्याफेमा वाचन प्रविन दिनबन्धु पोख्रेलको प्रमुख आतिथ्य एवं स्टेप नेपालका अध्यक्ष राम बहादुर लामाको अध्यक्षतामा स्थानीयहरु सँग हस्पिटल निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, बुद्धिजीवि, स्थानीय एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका सभापति राम बहादुर लामाले समान्य स्वाथ्य परिक्षण गर्न देखि लिएर दुघर्टना परि घाइते भएकाहरुको उपचारको लागि भरतपुर, काठमाण्डौ लगाएतका टाढा ठाउहरुमा लैजानुपर्ने बाध्यता रहदै आएकोमा मुग्लिनमा हस्पिटल खोल्नसके धेरैले अकालमा ज्यान गुमाउन नपर्ने बताउनुभयो । उहाँले हस्पिटल बनाउन ठुलै रकमको आवश्यक पर्ने भएकोले आर्थिक संकलनको लागि वाचन प्रविन दिनबन्धु पोख्रेलको उपस्थितिमा सप्ताह व्यापी महायज्ञ यहि फाल्गुण २४ गतेबाट गरिने जानकारी दिनुभयो । उहाँले यस कार्यको लागि सबैले सहयोग गर्नुहुन समेत आग्रह गर्नुभयो ।

yesकार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले हाइवे क्षेत्रमा हस्पिटल निर्माणको अवधारणा ल्याउनु अति नै सह्रानीय काम भएको बताउदै यस अभियानमा चितनव सँगै तनहुँ, गोरखा र धादिङ्गलाई समेतलाई समेटेर लैजानुपर्ने बताउनुभयो । उहाँले सप्ताहव्यापी महायज्ञबाट १२ देखि १५ करोड रुपैया बराबरको रकम संकलन गर्न सकिने समेत जानकारी दिनुभयो । त्यस्तै कार्यक्रममा  युवराज लामा, गोवर्दन अधिकारी, नवराज सिलवाल, कृष्ण प्रसाद पोख्रल, बलराम त्रिपाठी, मोदराज सिलवाल लगाएतका व्यक्तिहरुले आफ्नो धारणा राख्नुभएको थियो ।

देशको मुख्य राजमार्गको रुपमा रहेको पृथ्वी राजमार्गमा दिनहु जसो दुर्घटनामा परि घाइते भएकाहरुलाई समय मै उपचारको लागि हस्पिटल पु¥याउन नसक्दा कयौले अकालमा ज्यान गुमाइराख्नु पर्ने बाध्यता रहदै आएको छ । मुग्लिनमा हाइवे हस्पिटल निर्माण अभियानलाई सफल बनाउनसके दारेचोकका बासिन्दाले मात्रै नभई उक्त राजमार्ग भई यात्रा गर्ने जो कोहीले पनि हस्पिटलबाट सेवा तथा सुविधा उपयोग गर्न पाउनेछन् ।  तसर्थ यस अभियानलाई सफल बनाउनको लागि सबैले हातमा हात मिलाई सकेको सहयोग गर्नुपर्ने देखिन्छ ।

विनोद श्रेष्ठ

Leave a Reply

Your email address will not be published.