विश्व एड्स दिवस मनाइदै

विश्व एड्स दिवस मनाइदै

भरतपुर,१५ मंसिर
चितवनमा विभिन्न कार्यक्रम गरेर विश्व एड्स दिवस मनाइने भएको छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसको अवसरमा लक्षित वर्गका लागि कार्यक्रम गरिने भएको हो ।
सर्वसाधारणसम्म सन्देश पु¥याउने गरी कार्यक्रम तय गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवन, भरतपुर अस्पताल र एएचएफ नेपालको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको हो । दिवसको अवसरमा बुधबार एचआईभी प्रभावित र तीनका सेवा प्रदायकबीचको छलफल गरिने भएको छ । अस्पतालमा दिइने सेवा र तिनको गुनासो सुनुवाइका लागि दुई पक्षबीच चियापान कार्यक्रमको आयोजना गरिने भएको छ । दुई पक्षबीचको समन्वय र सहयोग सुमधुर बनाउन कार्यक्रम राखिएको बताइएको छ ।
बिहीबार एड्स दिवसको दिनमा भने एचआईभी परीक्षणको कार्यक्रम तय भएको छ । भरतपुर अस्पताल, मानव सेवा आश्रम र जिल्ला कारागारमा स्वेच्छिक रक्त परीक्षणको कार्यक्रम गर्नका लागि एएचएफ नेपाल चितवनका संयोजक कृष्णहरि सापकोटाले बताए । त्यसदिन अस्पतालमा आउने बिरामी र तिनका आफन्तलाई रक्त परीक्षण गराउन आग्रह गरिने सापकोटाले जानकारी दिए । शुक्रबार अन्तरमाध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता गरिने भएको छ । एचआईभीको बारेमा जनस्तरसम्म पु¥याउन प्रभावकारी माध्यम अपनाइएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक अनुप अधिकारीले बताए । छलफल कार्यक्रममा अन्य साझेदारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख झाले एचआईभीको क्षेत्रमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published.