लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’

लघुवित्त कम्पनीहरुको स्प्रेडदरमा पुर्नविचार होस’

१९ असाेज ।

पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक, पश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक र सुदुर पश्चिामाञ्चल ग्रामिण विकास बैंकहरु एक आपसमा गाभिएर बनेको नेपाल गा्रमिण विकास बैंक लिमिटेडको हालैमात्र प्रमुख कार्यकारी अधिकृतको पदबाट अवकाश लिएका धर्मराज पाण्डे नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष पनि हुन् ।

dharma-ceoचालुवर्षको मौद्रिक नीति सार्वजनिक भइसकेपछि खासगरी लघुबित्त बैकर्स संघले तिब्र असन्तुष्टी जनाएको थियो । चालु बर्षको पहिलो त्रैमासिकको अन्त्यतर्फ आइरहँदा लघुबित्त कम्पनीहरु के गर्दैछन ? उनीहरुको अवस्था कस्तो छ ? यसै सन्दर्भमा रहेर अर्जुन ज्ञवालीले नेपाल लघुवित्त बैकर्स संघको अध्यक्ष धर्मराज पाण्डेसँग गरेको कुराकानी :

चालुवर्षको मौद्रिक नीतिमार्फत थोककर्जा प्रवाह गर्र्ने लघुवित्त कम्पनीहरुले २०७५ असार मसान्तसम्म ६० करोड चुक्तापुँजी वृद्धि गर्ने प्रावधान ल्याएको छ । कसरी पुँजी बृद्धी गर्दैछन लघुवित्त कम्पनीहरु ?

पँुजी बृद्धी क्रमश गर्दै जाँदा संस्था बलियो हुदै जाने हो । आफ्नो क्षमताअनुसार वोनश सेयर , हकप्रद सेयर र थप पुँजी बृद्धी योजना अनुसार थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीहरुले पुँजी वृद्धी गर्देैछन् । च्ःम्ऋ को त पुगिसकेको छ । अरु बित्तीय संस्थाहरु पनि आफ्नो योजना अनुसार अगाडी बढदैछन । मलाइ लाग्छ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेबमोजिम आ–आफ्नो पुँजी वृद्धी गर्न सम्बन्धित लघुवित्त कम्पनीहरु सक्षम हुनेछन ।

राष्ट्र बैंकले मौद्रीक नितीमार्फत पेल्नुपेल्यो भन्छन् त लघुवित्त कम्पनीका संचालकहरु, के साँच्चै तपाईहरुलाई राष्ट्र बैंकले पेलेकै हो ?

होइन, यसलाई पेलेकै भनेर नभनौँ । मौद्रिक नीतिमा राम्रा कुराहरु पनि आएका छन् । हामीले वित्त श्रोत र स्पेड दर सम्बन्धमा राय सुझाव व्यक्त गरेका छौँ । थप अध्यायन गरेर नेपाल राष्ट्र बैकलाई आग्रह गर्नेछौँ । राष्ट्र बैंकका अधिकारीहरुले पनि अध्ययन गरेर आउनुहोस कहाँ समस्या परेको छ छलफल गर्नुपर्छ भन्नुभाको छ । हामी पनि समस्याहरु के छन राष्ट्र बैंकलाइ भन्छौ । कसरी जान सकिन्छ अहिले अध्ययन र छलफलमा नै छौँ । छिट्टै नै निष्कर्षमा पुग्ने छौँ । सकारात्मक समाधानतिर जानु सबैको लागि आवश्यक छ ।

राष्ट्र बैंकले तपाइहरुसंग सल्लाह गरेर नै मौद्रीक नीति ल्याएको भनेर मौद्रीक नितीमा नै उल्लेख छ । तपाइहरुले भनेका कुराहरु के–के परे, केके परेनन ?
खास गरी नयाँ लघुवित्त कम्पनी दर्ता स्थगन, कर्जा सीमा वृद्धी तथा वित्तीय साक्षरता आदि राम्रा कुरा छन् । जुन हामीले दिएका सुझाव बमोजिम नै छन । वित्तीय पँहुच नपुगेका स्थानमा लघुवित्त कम्पनी खोल्न पाइने पनि छ । यो एकदम राम्रो कुरा हो । बास्तवमा खुद्रा लगानी गर्ने वित्तीय सस्थाका लागि पुँजी वृद्धी हनुपर्ने थियो । किनभने कारोबार बढ्दै जाँदा त्यसको पुँजी वृद्धी गर्नु अत्यन्तै आवश्यक कुरा हो । दिर्घकातीन वित्तीय स्थायीत्वको लागि पुँजी वृद्धी आवश्यक छ ।

तर राष्ट्र बैंकले त केही असन्तुष्टि भएमा हामीले सम्वोधन गर्ने छौ भनेको थियो । मौद्रीक नीति सार्वजनिक भएको पनि दुइ महिना सकिएको छ ? सम्बोधन गर्ने कुनै छाँटकाँट देख्नुभएको छ ?
नेपाल राष्ट्र बैक बैकिङ क्षेत्रको अभिभावक भएको हुँदा कुनै पनि बैंक वित्तीय संस्था बन्द हुने अवस्था वा नचल्ने अवस्था आउन नदिन उसले काम गरिरहेको हुन्छ । मौद्रीक नीति क्रमशः लागु हुँदै गएको छ । कर्जा सीमा वृद्धीको निर्देशन, थोक कर्जावालाको पुँजी निर्देशन पनि आइसक्यो । यसले वित्तीय सुशासन, वित्तीय बिस्तार एवं बिकास गर्न सघाउ पुर्याउँछ । दिगो स्थायीत्यको लागि राष्ट्र बैंकको महत्वपुर्ण भुमिका हुन्छ । नेपालको वित्तीय सस्थाको सबलीकरणको लागि राष्ट्र बैंक र बैंक तथा वित्तीय सस्था मिलेर नै काम गरेका छन ।
यस्तो परिवेशमा नेपालका लघुवित्त कम्पनीहरुको पछिल्लो अवस्था चाहीँ कस्तो छ ?
खास गरेर गरिब परिवार, जसको आर्थिक अवस्था अत्यन्त कमजोर छ, जसले केही ब्यावसाय गर्न चाहन्छ, केही उद्यम गर्न चाहन्छ । तिनीहरुका लागि हुन् लघुबित्त संस्थाहरु । निम्न आय भएका कमजोर आर्थिक हैसियत भएका जनताको आथर््िाक स्तरोन्नतीको लागि काम गर्ने यी बैंकहरुले आफनो अवस्था पनि राम्रो बनाएका छन् । महिलाहरुको आर्थिक, सामाजिक स्तर माथि उठाउन महत्वपुर्ण भुमिका खेलेका लघुवित्तहरु आफ्ना लगानीकर्तालाइ प्रतिफल दिने सन्दर्भमा पनि अगाडि छन । लघुवित्तको राम्रो अवस्था भएर नै प्रतिफल बाँड्न सकेका हुन ।

मौद्रीक नितीले वाणिव्य बैंकहरुलाइ २ प्रतिशत विपन्न बर्ग कर्जा आफै लगानी गर्न भनिसकेपछि र संगसंगै स्प्रेडदर ७ प्रतिशत कायम राख्न भनेपछि लघुबित्त कम्पनीहरुको आगामी भविष्य कस्तो रहला ?
यो एकदमै महत्वपुर्ण प्रश्न सोध्नुभयो । वास्तवमा लघुवित्त कम्पनीहरु आम नेपाली जसको आर्थिक स्थिति अति न्युन छ । तिनीहरुको साथी हुन् लघुवित्त कम्पनिहरु । त्यसैले यस्तो भुमिका खेलेका लघुत्तिहरुलाइ बचाउन र बिस्तार गर्नको लागि हामी छलफलमा नै छौँ । यी विषयहरुमा अध्यायन पनि भइहेको छ । राष्ट्र बैंक पनि सबै बैंकको अभिभावक भएकोले हामीलाई सकारात्मक सहयोग गरिरहेको छ । आगामी दिनमा पनि सकारात्मक अभिभावकत्व निर्वाह गर्नेमा हामी विश्वस्त छौँ । हामी बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैकका सन्तान हौ । त्यसले गर्दा लघुवित्तको भविष्य एकदम सुन्दर छ ।
बैंक मर्जरपछिको अनुभव बताइदिनुस् न ? पोस्ट मर्जर कस्तो रह्यो ?
विभिन्न क्षेत्रका, विभिन्न सस्कार बोकेका, विभिन्न वातावरणमा काम गरेका बैकहरुलाई एकै ठाउँमा मर्जर गर्नु सजिलो काम पक्कै होइन । अवस्य गाह्रो हुन्छ । हामीले पनि त्यस्तै अनुभव गर्यौँ । तर हामीले विभिन्न चुनौती चिर्यौँ र मर्जर सफल बनायौँ । वास्तवमा मर्जरका क्रममा विभिन्न ठाउँबाट आएका सबै कर्मचारीबीच भावनात्मक एकता हुनु आवश्यक रहन्छ । हामीले कर्मचारीको भावना बुझेर काम गर्यौँ । पुरानो नोक्सानी धेरै थियो । मर्जर गर्ने बैकहरु घाटामा थिए । त्यसलाइ शुव्यवस्थित तवरले असुलीको माध्यमबाट पूर्ति गर्यौँ । र नाफामा पनि आयौँ । हामी चुनौतीका चाङ्गको सामाना गर्दै संस्थाको अवस्था राम्रो गराउँदै आएका हौँ । मैले भर्खर अवकाश लिएको छु । तर बैंकलाइ सबल सक्षम बनाएर जाँदैछु । आधार राम्रो बनाएको छु ।

मर्जर गर्दा के–के कुरामा ध्यान दियो भने सफल भइने रहेछ ?
मर्जर गर्दा धेरै कुराहरुमा ध्यान दिनुपर्छ । मेरो लागि पहिलो अनुभव हो । मैले पनि मर्जरको सुरु देखि मर्जर सम्पन्न सम्मको अनुभवले खास गरेर मर्जर हुने संस्थाबीच घनीभूत छलफल हुनु आवश्यक छ । के–के समस्याहरु आउँछन पहिल्याउनुपर्छ । ती समस्या वा चुनौतीको समाधान पनि पहिल्यानु जरुरी छ । जस्तो मर्जर हुने संस्थाको हिसाब– किताव राम्रो दुरुस्त हुनुपर्छ । कर्मचारीको भावना बुझेर उनीहरुलाइ सम्बोधन गर्नुपर्छ । बैंकका समस्याहरु के–के छन कर्मचारीलाइ पनि बुझाउनुपर्छ । आवश्यक सूचना प्रणाली, विभिन्न पुर्वाधारको निमार्ण गर्नुपर्छ । सबैभन्दा बढी मर्जर हुने बैकका सञ्चालक, ब्यबस्थापन, कर्मचारीले मन मिलाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published.