बिहेमा जुत्ता लुकाएको भन्दै बेहुलाले गरे एकजनाको हत्या

बिहेमा जुत्ता लुकाएको भन्दै बेहुलाले गरे एकजनाको हत्या

भारतको उत्तर प्रदेशको बदायूमा जुत्ता लुकाएपछि बेहुलाले बेहुली पक्षको एक व्यक्तिको हत्या गरेका छन् ।

बदायूको विल्सीमा भएको जुत्ता लुकाउने विवाहको चलन नभएर चोरी भएको थियो । विवाहका क्रममा जुत्ता चोरी भएपछि बेहुला र जन्तीहरु रिसाएका थिए ।

जुत्ता चोरेको आशंकामा बेहुला र जन्तीले ४२ वर्षीय रामसरनको कुटेर हत्या गरेका हुन् । मृतक रामसरनकी पत्नीको उजुरीमा बेहुला र उनका चार साथी विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ ।

Leave a Reply

Your email address will not be published.