सामाजिक संजालमा हिट भएकी प्रियाको गीतमाथि विवाद,प्रहरी थानामा उजुरी

सामाजिक संजालमा हिट भएकी प्रियाको गीतमाथि विवाद,प्रहरी थानामा उजुरी

काठमाडौं – सामाजिक संजालमा राता रात हिट भएकी मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरको गीत विवादमा आएको छ । गीतको शब्दलाई लिएर आपत्ति जनाउँदै आन्ध्र प्रदेशको हैदरावादमा धार्मिक समूहले उजुरी दर्ता गराएका छन्। प्रिया प्रकाशलाई लक्षित नभई गीतको शब्दलाई लिएर उजुरी दायर गरिएको प्रहरीले जनाएको छ।

समाजिक संजालमा एक युवतीको तस्वीर भाइरल भइरहेको छ । इन्स्टाग्राममा उनी ट्रेन्डिङमा परेकी छिन् । युवतीको हेराई निकै लोभलाग्दो भएको भन्दै ट्वीटरमा पनि उनको नाम शीर्ष १० मा छ । धेरैले उनको तस्वीरमा लोभलाग्दा कमेन्ट पनि गरेका छन् । उनी भारतको मलयाली नायिका प्रिया प्रकाश वारियर हुन् । १८ वर्षीया प्रिया केरलको त्रिशुरमा बस्छिन् । उनको डेब्यू फिल्म ओरु अदार लभ हो । यही फिल्मको मानिक्या मलाराया भिडियो गीत भाइरल भइरहेको छ ।

प्रिया प्रकाश जो विकम पहिलो वर्षमा अध्ययनरत छिन्। केरलको त्रिशुर निवासी प्रिया मलयालम फिल्म ‘अरु आदर लव’ फिल्मको गीत ‘मानिक्य मलाराया पूवी’ मा पहिलो पटक देखिएकी हुन्। फिल्म रिलिज नहुँदै सार्वजनिक भएको गीतमा उनले आँखा झिम्क्याएको दृश्य भाइरल भएपछि उनको चर्चा चुलिएको छ।  इन्स्टाग्राममा मात्र उनलाई ६ लाखले फलो गरिसकेका छन्। योसँगै उनी काइली जेनर र क्रिस्टियानो रोनाल्डोजस्ता हस्तीहरूको बराबरीमा पुगिसकेकी छिन्।

 

 

Leave a Reply

Your email address will not be published.