न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा आफू गर्भवती भएको घोषणा

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा आफू गर्भवती भएको घोषणा

युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्दा आर्डेनले सामाजिक सञ्जाल मार्पmत आफू गर्भवती भएको खुलासा गरेकी छिन्। उनले आफू र आफ्ना पार्टनर क्लार्क गेफोर्ड आगामी जुन महिनामा आमाबुबा बन्ने आशामा रहेको बताएकी छन्।

‘२०१७ भव्य वर्ष थियो भन्ने हामीले ठानेका थियौँ!’ आर्डेनले इन्स्टाग्राममा लेखेकी छन्, ‘आगामी जुनमा हाम्रो टोली दुईबाट तीन हुने कुराले क्लार्क र म एकदमै उत्साहित छौँ।’

‘हामीले पनि अन्य अभिभावकझैँ एकभन्दा बढी जिम्मेवारी सम्हाल्नेछौँ। म प्रधानमन्त्री र आमा बन्नेछु अनि क्लार्क घरबस्ने बुबा हुनेछन्,’ उनले थपेकी छन्।

प्रधानमन्त्री पदमा रहँदा बच्चा जन्माउने आर्डेन दोस्रो व्यक्ति बन्ने भएकी छन्। उनले आमा बनेपछि ६ हप्तामात्र विदा लिने बताएकी छिन्।

यसअघि प्रधानमन्त्री रहेकै बेला सन् १९९० मा पाकिस्तानकी बेनेजिर भुट्टो आमा बनेकी थिइन्।

आर्डेनले आफू गर्भवती भएको घोषणा गरेपछि उनलाई बधाइ तथा शुभकामना दिने लर्काे लागेको थियो।

उनी सन् १८५६ यता न्युजिल्याण्डकी सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्। उनले प्रधानमन्त्री बन्नुभन्दा ६ दिनपहिले मात्र आफू गर्भवती भएको थाहा पाएको बताएकी छन्।

उनको लेबर पार्टी सेप्टेम्बरको चुनावमा दोश्रो ठूलो दल बनेको थियो जसमा अरु कुनै पार्टीले बहुमत ल्याउन सकेका थिएनन्। उनले न्युजिल्यान्ड फस्र्ट पार्टीका विन्सटन पिटर्ससित मिलेर सरकार गठन गरेकी थिइन्।

‘म ६ हप्ता अवधिभर पनि जहिल्यै पनि सम्पर्कमा हुनेछु, त्यो अवधिभर पिर्टसले मेरो काम सम्हाल्नेछन्।’ उनले भनेकी छन्।

Leave a Reply

Your email address will not be published.