पेनाल्टी गोलपछि नेयमारको जुत्ता टाउकोमा

पेनाल्टी गोलपछि नेयमारको जुत्ता टाउकोमा

 

काठमाडौं, पुस २७ । नेयमारको पेनाल्टी गोल गर्दा पेरिस सेन्ट जर्मेनले अमियन्सलाई हराएको छ र फ्रान्स लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गत राति भएको खेलमा पीएसजीले अमियन्सलाई २–० गोल अन्तरले हराएको हो ।

खेलमा पीएसजीले ५३ औं मिनेटमा नेयमारको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । यससँगै नेयमारले पीएसजीबाट डेब्यू गरेका सबै प्रतियोगिता, लिग वान, च्याम्पियन्स लिग, फ्रान्स लिग र लिग कप सबैमा गोल गरेका छन् ।

गोलपछि उनले आफ्नो दायाँ खुट्टाको जुत्ता फुकालेर टाउकोमा राखे र सेलिब्रेसन गरे । यो सेलिब्रेसनमार्फत नेयमारले यो गोल ब्राजिलियन फुटबलर रोनाल्डोलाई समर्पित गरेको बताएका छन् । पूर्व फुटबल स्टार रोनाल्डोले पनि आफ्नो समयमा यसरी नै सेलिब्रेसन गर्थे ।

Leave a Reply

Your email address will not be published.