तालिवान विद्रोही १०१ जनाको मृत्यु

तालिवान  विद्रोही १०१ जनाको मृत्यु

 

 

एजेन्सी 

अफगानिस्तानको १८ विभिन्न राज्यमा विगत २४ घण्टाको अन्तरालमा गरिएका सुरक्षा कारबाहीमा १०१ जनाको ज्यान गएको अफगानी सेनाले बिहीबार जनाएको छ ।

घटनामा ४१ जना घाइते भएका छन् । अफगानी राष्ट्रिय सेनाले प्रहरी र गुप्तचर सेवाका अधिकारीको सहयोगमा १७ ठाउँमा विद्रोही विरुद्धको अभियान चलाएकोमा १०१ जनाको ज्यान गएको र ४१ जना घाइते भएका अफगान रक्षा मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.