१३ वर्षीय छात्रसँग यौनसम्बन्ध बनाउने एक शिक्षिकालाई १० वर्षको सजाय

१३ वर्षीय छात्रसँग यौनसम्बन्ध बनाउने एक शिक्षिकालाई १० वर्षको सजाय

टेक्सास, २ माघ | अमेरिकाको टेक्सास राज्यमा आफ्नो १३ वर्षीय छात्रसँग यौनसम्बन्ध बनाउने एक शिक्षिकालाई १० वर्षको सजाय सुनाइएको छ ।

हाउसटन मिडल स्कूलकी पूर्व शिक्षिकाले कक्षा ८ मा पढ्ने आफ्नो छात्रसँग यौनसम्बन्ध बनाउने गरेको र आफू गर्भवतीसमेत बनेको स्वीकार गरेकी थिइन् ।

अलेक्जान्ड्रिया भेरालाई ३० वर्ष सजायको माग गरिए पनि उनले बालकमाथि यौनंिहंसाको आरोप स्वीकार गरेपछि १० वर्षमात्र सजाय सुनाइएको हो ।

सन् २०१५ को सेप्टेम्बर र जनवरी २०, २०१६ को बीचमा दुई बीच सम्बन्ध भएको उनले बताएकी छिन् । उनी जनवरीमा गर्भवतीसमेत भएको तर, यसमा छानविन शुरु भएपछि उनले गर्भपतन गराएको अधिकारीहरुले बताएका छन् ।13

छात्रलाई अगस्तसम्मका लागि फोस्टर केयरमा राखिएको छ ।

पूर्व शिक्षिका भेलाले छात्रको पितासँग प्रेम सम्बन्ध राखेको जसरी झुक्याएर छोरासँग यौनसम्बन्ध बनाउने गरेको आरोपसमेत लगाइएको थियो ।

तर, भेलाका वकिलले उनले बाल्यकालमा घरेलु हिंसाबाट पिडित भएको र उनलाई माया गर्ने व्यक्तिको खाँचो सँधै भइरहेने हुँदा उनी छात्रको प्रेममा फँसेको दलिल पेश गरेका थिए ।

यसअघि, भेलाले आफूले ती छात्रलाई समर स्कुलका दौरान भेट गरेको बताएकी थिइन् ।vera14n-2-web-1024x816

एक दिन ती छात्र विद्यालय नआएपछि उनले इन्सटाग्राममा मेसेज गरेको बताएकी थिइन् । र, त्यहीँबाट सम्बन्धको शुरुवात भएको उनको भनाई थियो ।

कोर्टमा प्रस्तुत भएको दस्तावेजका अनुसार छात्रलाई घर छोड्न जाने क्रममा उनीहरुबीच पहिलो पटक सम्बन्ध स्थापित भएको थियो ।

स्कूलका विद्यार्थीहरुले दुवैले अनौठो हर्कत गर्ने गरेको बताउँछन् । त्यहीँबाट उनीहरुको सम्बन्धबारे कुरा शुरु भएको थियो ।
सन् २०१६ मा भेलाले आफू र छात्रबीच सम्बन्ध रहेको र आफू गर्भवतीसमेत रहेको बताएकी थिइन् । यसमा छात्रको परिवारको स्वीकृति रहेको उनको दाबी थियो ।

Leave a Reply

Your email address will not be published.