चेल्सी, आर्सनल र टोटनह्यामको सहज जित

एजेन्सी । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको २१ औं खेलमा लिग दावेदार चेल्सी, आर्सनल र टोटनह्यामले सहज जित निकालेका छन् ।

चेल्सीका लागि मार्कोस् एलेन्सोले पहिलो हाफको ६ र दोस्रो हाफको ५१ मिनेटमा गरेको २ गोल र दोस्रो हाफको ७१ औं मिनेटमा पेड्रोले अर्को गोल थपेपछि लिग च्याम्पियन्स लिचेष्टर सिटीमाथि ३–० को जित हासिल गर्यो ।

लिग तालिकाको शिर्ष स्थानमा रहेको चेल्सी अघिल्लो खेलमा टोटनह्यामसँग पराजित हुन पुगेको थियो । यो सँगै ५२ अंकसहित लिग तालिकाको शिर्ष स्थानमा ७ अंकको फराकिलो अग्रता सहित कायम रहेको छ ।

टोटनह्यामले वेष्ट ब्रुमिचलाई ४–० ले हराउँदा लिग तालिकामा ४५ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो । टोटनह्यामका लागि ह्यारी केनले १२,७७ र ८२ औं मिनेटमा गरी ह्याट्रिक गरे भने १ गोल ब्रुमिचले उपहार स्वरुप टोटनह्यामलाई दियो ।

अर्को खेलमा आर्सनलले निकै कमजोर प्रदर्शन गरिरहेको स्वायन्सा सिटीलाई ४–० ले शानदार जित निकाल्यो । २२ औं मिनेटमा ओलिभर गिराउडले गोल गरे भने ७३ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरे । आर्सनल टोटनह्यामभन्दा भाग्यमानि निस्कियो । स्वायन्साले ५४ औं ६७ औं मिनेटमा गरी २ गोल आत्मघाति गोल गर्यो र आर्सनललाई उपहार स्वरुप दियो ।

यो सँगै आर्सनल पनि समान खेलबाट ४४ अंकसहित लिग तालिकाको शिर्ष स्थानमा उक्लियो ।

यस्तै अन्य खेलहरुमा ब्रुनेलीले साउथहप्टनलाई १–०, हलसिटीले ब्रायनमाउथलाई ३–१, स्टोकसिटीले सण्डरल्याण्डलाई ३–१ र वेष्टह्याम युनाइटेडले क्रिष्टल प्यालेसलाई ३–० ले पराजित गर्यो भने वार्टफोर्ड र मिडल्सवर्गले गोलरहित बराबरी खेले ।

आज आइतबार चिर्चित दुई क्ल म्यानेचेष्टर युनाइटेड र लिभरपुल भिड्दै छन् । यो सिजन यसअघि भएको दुई क्लबबिचको भिडन्तमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए । खेल नेपाली समयअनुसार ९ बजेर ४५ मिनेटमा हुनेछ ।

यसै गरी आजै म्यानचेष्टर सिटी र एभर्टनको पनि खेल हुनेछ । युनाईटेड र लिभरपुलबिच हुने खेलको जित र हारले दुवै टोलीलाई उपाधि दावीमा काफी भुमिका खेल्ने फुटबल विश्लेषकहरुले बताएका छन् ।

समान खेलबाट युनाइटेड ३९ अंकसहित छैटौं स्थानमा छ भने लिभरपुलको ४४ अंक छ । लिभरपुलले जित निकाले अंक तालिकाको दोस्रो स्थानमा पुुग्ने मात्रै छैन चेल्सीसँग रहेको अंकदुरीसमेत ५ मा घट्ने छ ।

Leave a Reply

Your email address will not be published.