पहलमानको खाना : ३६ वटा अण्डा, ३ किलो मासु र ५ लिटर दुध

पहलमानको खाना : ३६ वटा अण्डा, ३ किलो मासु र ५ लिटर दुध

एजेन्सी | तपाइँलाई ‘हल्क’ भनेर हलिउड सुपरहिरोको चलचित्र याद छ ? याद छ भने पक्कै पनि चलचित्रमा हल्कले खाली हातले कार रोक्ने र उठाएर फाल्ने गरेको सम्झनुहुन्छ होला ।

ठीक यस्तै चरित्र हल्कको पाकिस्तानी भर्सनमा पाउन सकिन्छ ।hulk

२५ वर्षीय अरबाब खिजेर हायात आफ्नो हातले ट्रयाक्टरलाई रोक्न सक्छन् भने दुईवटा कारलाई तान्न सक्छन् भने एक हातले मानिसलाई उठाउन सक्छन् ।

उनी आफू विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति भएको दाबी गर्छन् ।

हायातको तौल ४३५ केजी रहेको छ । उनी दिनको १० हजार क्यालोरी खाना खान्छन् ।hulk1

उनको दैनिक खानामा ३६ वटा अण्डा, ३ किलो मासु र ५ लिटर दुध खान्छन् ।

उनको उचाइँ ६ फिट तीन इन्च रहेको छ । यत्रो तौल हुँदा पनि उनलाई कुनै शारीरिक समस्या भने छैन ।

एउटा भिडियोमा उनले ट्रयाक्टरलाई रोकेको र दुईवटा कारलाई तानेको देख्न सकिन्छ ।hulk2

Leave a Reply

Your email address will not be published.