हेर्नुस्,पेट्रोलः कहाँ सबैभन्दा सस्तो र कहाँ अत्यधिक महँगो

एजेन्सी । नेपालमा अहिले पेट्रोलको मूल्य १ सय १ रुपैयाँ ५० पैसा प्रति लिटर छ । पछिल्लो पटक पेट्रोलको मूल्यमा बढोत्तरी हुँदा नेपालमा आन्दोलनका कार्यक्रम अघि सारिएका थिए तर संसारभरी यस्ता देश छन् जहाँ पेट्रोल यो भन्दा पनि महँगो छ ।

यस्तै, संसारमा यस्ता पनि देश छन् जहाँ पेट्रोलको मूल्य नेपालमा भन्दा पनि निकै कम छन् ।

सुन्दा अचम्म लाग्ला तर संसारभरी यस्ता देश पनि छन् जहाँ एक लिटर पेट्रोल एक रुपैयाँमा नै पाइन्छ ।

संसारका यस्ता पाँच देश जहाँ पेट्रोल सबैभन्दा सस्ता छन्ः

१. भेनेजुयला (०.०१ डलर अर्थात १ रुपैयाँ ९ पैसा प्रति लिटर)

२. साउदी अरब (०.२४ डलर  अर्थात् २६.१९ रुपैयाँ प्रति लिटर)

३. तुर्कमेनिस्तान (०.२९ डलर अर्थात ३१.६५ रुपैयाँ प्रति लिटर)

४. अल्जेरिया (०.३२ डलर अर्थात् ३४.९२ रुपैयाँ प्रति लिटर)

५. इजिप्ट (०.३५ डलर ३८.१९ रुपैयाँ प्रति लिटर)

यस्तै, पेट्रोल सबैभन्दा महँगो हुने पाँच देशः

१. हंगकंग (१.९३ डलर अर्थात् २१०.६२ रुपैयाँ प्रति लिटर)

२. नर्वे (१.८६ डलर अर्थात् २०२.९८ रुपैयाँ प्रति लिटर)

३. आइसल्याण्ड (१.७५ डलर अर्थात् १९०.९७ रुपैयाँ प्रति लिटर)

४. ग्रीस (१.६५ डलर अर्थात् १८०.०६ रुपैयाँ प्रति लिटर)

५. डेनमार्क (१.६३ डलर अर्थात् १८८.८८ रुपैयाँ प्रति लिटर)

सौजन्यः Globalpetrolprices.com 2017

Leave a Reply

Your email address will not be published.