​बेलायती महारानीले दिइन् नेपालीलाई विशेष पदवी

​बेलायती महारानीले दिइन् नेपालीलाई विशेष पदवी

काठमाडौँ,पुस २९ । एक नेपालीलाई बेलायती माहारानीले विशेष पदवी मानार्थ प्रदान गरेकी छिन् ।

बेलायतस्थित नेपाली ब्यारिस्टर तथा लिड्स विश्वविद्यालयका प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीलाई बेलायती महारानीले एउटा विशिष्ठ पदवी प्रदान गरेकी छन् ।

न्याय र कानुनको क्षेत्रमा विशिष्ठ योगदान गरेवापत वरिष्ठ कानुनवीदहरुलाई प्रदान गरिने बेलायतको एक विशेष पदवी मानार्थ क्वीन्स् काउन्सेल (क्यूसी) प्रदान गरिएको बेलायत सरकारले जानकारी दिएको छ । क्यूसीको शाब्दिक अर्थ महारानीको मानार्थ कानुनी सल्लाहकार हुन्छ ।

प्रा. सुवेदीलाई अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको क्षेत्रमा विशिष्ट योगदान गरेवापत उक्त पदवी दिइएको बेलायत सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त मान पदवी आगामी फेब्रुअरी १३ मा वेष्टमिनिष्टर हलमा एक विशेष समारोहबीच प्रदान गरिने छ ।

विज्ञप्तिमा प्रा.डा. सुवेदीलाई मानवअधिकार, न्याय र कानुनको क्षेत्रमा एक अन्तर्राष्ट्रिय स्तरको अभियन्ता उल्लेख गर्दै सुवेदीले बेलायतको परराष्ट्रमन्त्रीको मानवअधिकार कानुनको सल्लाहकारको रुपमा पाँच वर्ष र संयुक्त राष्ट्रसंघको क्याम्बोडियाका लागि मानवअधिकार विशेष दूतको रुपमा ६ वर्ष काम गर्दा दिएको उल्लेखनीय योगदानको प्रशंसा समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published.