हारको बाबजूद एथ्लेटिको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । हारको बाबजूद एथ्लेटिको मड्रिड स्पेनीस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा लास पालमससँग २ – ३ ले पराजित भए पनि एथलेटिको मड्रिड क्वाटरफाइनलमा पुगेको हो ।madrid

घरेलु मैदानमा भएको दोस्रो लेगमा एथलेटिको मड्रिड पाहुना टोलि लास पालमससँग ३ – २ ले पराजित भयो । तर, घरेलु टोलीलाई घरेलु मैदानमा पराजित गरे पनि लास पालमसको क्वाटरफाइनल यात्रा तय हुन् सकेन ।

पहिलो लिग २ – ० ले आफ्नो पक्षमा बनाएको एथलेटिको मड्रिडले समग्रमा ४ – ३ को जितसहित कोपा डेल रे फुटबलको अन्तिम आठमा स्थान बनायो । घरेलु मैदानमा भएको दोस्रो लेगमा पनि एथलेटिको मड्रिडले सुरुवाती अग्रता लिएको थियो ।

तर त्यसलाई जोगाउन नसक्दा पराजित भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औ मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गर्दै एथलेटिको मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५७ लास पालमसका लिभिजाले बराबरी गोल फर्काए । ६१ औ मिनेटमा कोर्रेयाले गोल गर्दै एथलेटिको मड्रिड पुन अग्रता दिलाए । तर, खेलको ८९ औ मिनेटमा लास पालमसका लिभिजाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि खेलको अतिरिक्त समयमा ग्रासियाले गोल गरेपछि लास पालमसले घरेलु टोलीलाई ३ – २ ले पराजित गरेको हो ।

Leave a Reply

Your email address will not be published.