बाराकओबामाले गरे अन्तिम औपचारिक भाषण

एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो अन्तिम औपचारीक सम्बोधनमा अमेरिका बलियो र एकिकृत भएको बताएका छन् ।

सम्बोधनमा राष्ट्रपति ओबामाले अमेरिका ८ वर्षअघि आफूले नेतृत्व सम्हाल्नु पूर्वभन्दा अहिले सबै हिसाबले बलियो भएको उल्लेख गरे ।

पहिले विभाजित अवस्थामा रहेका विभिन्न क्षेत्र, वर्ग तथा समुदायका अमेरिकीले एकअर्काको विषयमा सोच्न थालेको ओबामाको भनाई छ ।

सिकागोमा भएको कार्यक्रममा उनले भने ‘हामीले सबैको कुरा सुन्नु पर्छ र चासो पनि दिनुपर्छ ।’सन् २००८ मा पहिलो पटक निर्वाचित भएका ओबामामा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति हुन ।

गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका डोनाल्ड ट्रम्पले जनवरी २० मा जिम्मेवारी सम्हाल्ने छन् । सत्ताको शान्तिपूर्ण हस्तान्तरण अमेरिकी प्रजातन्त्रको सुन्दरता रहेको ओबामाको भनाई छ ।

Leave a Reply

Your email address will not be published.